×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रधानमन्त्री ओलीको ६ दिने भारत भ्रमणः बिझाएका ६ प्रसंग

  •  
  • शुक्रबार, फागुन १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चिरञ्जीवी पौडेल (नयाँदिल्लीबाट फर्किएर)

    प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६ दिने भारत भ्रमण सकेर स्वदेश फर्केका छन् । उनको भ्रमण राजनीतिक रुपमा कति फलदायी भयो भन्ने लेखाजोखा जारी नै छ । यहाँ भने भ्रमणका क्रममा देखिएका केही सन्दर्भ केलाउने प्रयास गरिएको छ, जुन आफैंमा बिझाउने खालका थिए ।

    १) प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली विमानस्थलमा ओर्लिनासाथ मधेसी युवाको एउटा समूहले कालोझन्डासहित प्रदर्शन गर्‍यो । भारतले आफ्ना विदेशमन्त्रीलाई विमानस्थलमा पठाएर न्यानो स्वागत गरिरहँदा आफ्नै देशवासीबाट प्रधानमन्त्रीलाई कालोझन्डा देखाइनु दुखद घटना हो ।

    देशभित्र प्रधानमन्त्रीको विरोध गर्नु वा कालोझन्डा देखाउनु एउटा कुरा हो । तर, विदेशमा गएका प्रधानमन्त्रीलाई पछ्याउँदै कालोझन्डा देखाउने कार्य आफैंमा लज्जास्पद र निन्दनीय छ । कालोझन्डा देखाउनेलाई केही दिन जेलमा राखेर भारतले छाडिसकेको छ ।

    २. भारतीय सञ्चारकर्मीलाई बोलाएर नेपाली दूतावासले पत्रकार सम्मेलन आयोजना गर्‍यो । यो ठीक थियो । नेपालबाट गएका प्रधानमन्त्रीलाई वास्ता नगर्ने भारतीय मिडियाबाट राम्रै संख्यामा पत्रकार उपस्थित भए ।

    PM-Press-meet

    तर, दूतावासले बिजोक पारा देखायो । २० जना पनि नअट्ने सानो कोठामा पत्रकार सम्मेलन आयोजना गरियो, जहाँ पर्याप्त कुर्सी पनि थिएनन् । पत्रकार आफ्ना लागि आफैं कुर्सी खोज्दै हिँडेका थिए भने कुर्सी नपाउने कोही उभिएका थिए त कोही भुइँमै बसेका थिए । पत्रकार सम्मेलनमा एउटा माइकधरी थिएन ।

    दुई दिनअघि मात्रै हजारौं व्यक्तिलाई बोलाएर भड्किलो भोज आयोजना गरेको दूतावासले भारतीय मिडियाका अगाडि दरिद्र पारा देखाउनु असैह्य कुरा हो । जब कि रिपोर्टिङका लागि विभिन्न स्थानमा पुगेका नेपाली पत्रकारसामु भारत सरकारले चर्को रवाफ देखाएको थियो । हरेक कार्यक्रममा पत्रकारलाई कम्तीमा दुई घन्टा कुराइन्थ्यो । खानतलासी यतिसम्म गरिन्थ्यो कि क्यामरा देखाएर पुग्दैनथ्यो, त्यसबाट फोटो खिचेर देखाउनुपर्थ्यो ।

    ३) प्रधानमन्त्रीको स्वागतमा भन्दै एमालेनिकट प्रवासी संगठनले दूतावास परिसरमै सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

    हजारौंको संख्यामा नेपाली सहभागी कार्यक्रम अस्तव्यस्त थियो । त्योभन्दा पनि कार्यक्रममा ओलीको स्वागत जसरी गरियो, त्यो बहुतै लाजमर्दो थियो । ओली कार्यक्रमस्थलमा आउँदा यसरी नाराबाजी गरियो, मानौं त्यो नेपालमा भइरहेको कुनै चुनावीसभाको थियो । उद्घोषकले कहिले ‘केपी ओली जिन्दावाद’ भन्दै भट्याउँथे भने कहिले ‘ओली ! ओली !’ भन्दै नारा लगाउँथे । भीडले उनलाई साथ दिन्थ्यो ।

    ४) अर्को अप्रिय दृश्य देखियो, नेपाली दूतावासको गेटअगाडि । भारत सरकारको आतिथ्यमा प्रधानमन्त्री ओली इन्डियन काउन्सिल फर वल्र्ड अफेयर्सको कार्यक्रममा सुष्मा स्वराजसँग एउटै मञ्चमा भाषण गर्दै थिए ।

    त्यति नै बेला सडकपारि रहेको नेपाली दूतावासको गेटअगाडि भारतीय नागरिकको एउटा समूह ब्यानर बोकेर नाराबाजी गर्दै थियो । भारतीय पूर्वमन्त्री रघुवंशप्रसाद सिंहको नेतृत्वमा भइरहेको नाराबाजीको माग थियो, मधेसीको माग पूरा गर्नुपर्ने । भारतीय प्रहरी वरिपरि थिए, तर सो नाराबाजीलाई रोक्ने आदेश सायद उनीहरूलाई थिएन ।

    Dharna At Nepal embassy delhi

    एक इन्सपेक्टरले रघुवंश प्रसादलाई सोधे, ‘अर्को देशको विषयमा किन गर्नुपर्यो नाराबाजी ?’ रघुवंशले जवाफ दिए, ‘अर्को देश भनेर हुन्छ ? मधेसीहरू त हाम्रा दाजुभाइ हुन् । उनीहरूको त्यहाँ जनसंख्या ५१ प्रतिशत छ । तर, लोकसभामा उनीहरूलाई केवल ६५ सिट दिइएको छ । जब कि ४९ प्रतिशतमा रहेका बाँकी जनसंख्यालाई सय सिटको आरक्षण छ । अनि, हाम्रो देशबाट बहु भएर जानेलाई नागरिकता नपाउने व्यवस्था संविधानमा गरिएको छ ।’

    ५) प्रधानमन्त्रीसहित नेपाल सरकारका अति महत्त्वपूर्ण मन्त्रालय सम्हाल्ने तीन मन्त्री भारत भ्रमणमा थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत ।

    पूर्वानुमान गरिएजस्तै परराष्ट्रमन्त्रीबाहेक अन्य दुई मन्त्रीको भ्रमण प्रयोजनहीन देखियो । प्रधानमन्त्रीलाई पछ्याउनेभन्दा उनीहरूको कुनै काम थिएन । दुई मन्त्रीले एकपटक द्विपक्षीय सामूहिक वार्तामा बस्नेबाहेक अरु स्वतन्त्र भूमिका पाएनन् । त्योभन्दा पनि कामविहीन बनेर भौँतारिए सांसदहरू । उनीहरू केवल रमिते बने । नेपाली टोलीको संख्या आफैंमा एउटा जन्ती भन्न लायकको थियो । बढीमा एक दर्जनको टोली भए पुग्ने अहिलेको अनुभवबाट देखियो ।

    ६) मोदीको गृहनगर गुजरातमा प्रधानमन्त्री ओलीको भव्य स्वागत भयो । उनलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिरहँदा ठाउँ-ठाउँमा नेपाल र भारतका झन्डा ठड्याइएका थिए ।

    तर, दुःखको कुरा नेपालको राष्ट्रिय झन्डाको मौलिकता बिगारिएको थियो । नेपालको त्रिभुजाकार झन्डाको ठाउँमा चारकुने झन्डामा चन्द्रसूर्य अंकित गरेर हास्यास्पद बनाइएको थियो । त्रिभुजाकार झन्डा बनाउन दुःख भएर वा नजानेर यसो गरिएको हो वा जानाजान गरिएको हो ? यस विषयमा नेपालीले सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.