×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मतदाताले अब ‘नो भोट’ गर्न पाउने

  •  
  • बिहिबार, फागुन १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    निर्वाचनमा उठेका उम्मेदवारमध्ये कोही पनि मन परेन भने के गर्ने ? त्यस्ता मतदाताले खराबमध्ये कम खराबलाई मत दिनुपर्ने वा मतदानै नगरी बढी खराबलाई जित्ने अवसर दिनुपर्ने बाध्यता छ । तर अब निर्वाचन आयोगद्वारा प्रस्तावित विधेयक पारित भएमा मतदाताले कसैलाई पनि मत दिन्न (नो भोट) पनि भन्न पाउनेछन् ।

    प्रस्तावित स्थानीय निकायको निर्वाचन कार्यविधि ऐन २०४८ मा संशोधन गर्न बनेको विधेयकमा मतदाताले सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउने व्यवस्था छ । मन नपरे पनि प्रतिस्पर्धी उम्मेदवारमध्ये कुनै एकलाई मत दिनैपर्ने परम्परागत अभ्यासविपरीत आयोगले मतदातालाई सबै उम्मेदवार इन्कार गर्न पाउने व्यवस्था प्रस्ताव गरेको हो । नेपालमा २००६ सालदेखि सुरु निर्वाचन इतिहासमा मतपत्रमा उल्लिखित उम्मेदवारमध्ये कुनै एकलाई मत दिने अभ्यास छ । त्यसमध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी घोषित हुँदै आएका छन् ।

    आयोगका सहसचिव सुशील कोइरालाका अनुसार प्रस्तावित प्रावधानअनुसार सबै उम्मेदवार अस्वीकार्य छन् भन्ने पक्षमा धेरै मत प्राप्त भएमा पहिलो चरणको निर्वाचन नै बदर हुन्छ । निर्वाचनमा धेरै मत प्राप्त गर्ने उम्मेदवारको मतभन्दा कुनै पनि उम्मेदवार उपयुक्त छैनन् भन्ने मत (नो भोट)को संख्या बढी भएमा पहिलो निर्वाचन रद्द गरी नयाँ प्रक्रिया प्रारम्भ गर्ने प्रस्तावित मस्यौदामा उल्लेख छ । दोस्रो निर्वाचनमा भने ‘नो भोट’को खास अर्थ रहने छैन । प्रस्तावित व्यवस्थाअनुसार दोस्रो निर्वाचनमा भने कुनै पनि उम्मेदवार उपयुक्त छैनन् भन्नेको संख्या जति नै बढी भए पनि उम्मेदवारमध्येमा बढी मत प्राप्त गर्ने व्यक्ति नै विजयी घोषित हुनेछन् ।

    आयोगले सर्वोच्च अदालतको आदेशअनुसार उम्मेदवार अस्वीकार गर्न पाउने मतदाताको अधिकार सुरक्षित हुने गरी कानुन बनाउने प्रक्रिया सुरु गरेको हो । सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ (प्रधानन्यायाधीश) र प्रकाश वस्तीको इजालासले २०७० पुस १२ मा कुनै पनि उम्मेदवार मन नपरेको अवस्थामा सबैलाई अस्वीकार गर्न पाउने अधिकार सुरक्षित हुनेगरी कानुन बनाउन आदेश दिएको थियो । ‘मतदानलाई उम्मेदवार इन्कार गर्न पाउने अधिकार नभएसम्म वास्तविक जनमत जाहेर हुन सक्दैन,’ सर्वोच्चको आदेशमा छ ।

    सबै उम्मेदवार अस्वीकार गर्न पाउने प्रावधानसहितको प्रस्तावित स्थानिय निकायको निर्वाचन कार्यविधि ऐन २०४८ मा संशोधन गर्न बनेको विधेयकको मस्यौदा आयोगबाट गृह मन्त्रालय हुँदै कानुन मन्त्रालय पुगेको छ । मन्त्रालयको सैद्धान्तिक सहमतिपछि गृहले मन्त्रिपरिषद्मा पेस गरेपछि मस्यौदा परिपक्व हुन्छ । मन्त्रिपरिषदको निर्णयपछि संसद् सचिवालयमा दर्ता हुने विधेयक सदनमा पेस भएपछि सैद्धान्तिक छलफल, सांसदहरूले राख्ने संशोधन र दफावार छलफलपछि मात्रै निर्णयार्थ पेस हुन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.