×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

फोटोमा हेर्नुस् म्याग्दीको सोलीघोप्टे भीरमा खसेको तारा एयरको जहाज

  •  
  • बिहिबार, फागुन १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – घनश्याम खड्का, सोलीघोप्टे भीर, म्याग्दी

    फाल्गुन १३, २०७२- पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालकदलका ३ सदस्यसहित २३ को मृत्यु भएको छ । मृत्यु हुनेमा २ बालबालिका र २ विदेशी नागरिक छन् ।

    बुधबार बिहान ७ बजेर ५० मिनेटमा उडेको नाइन–एनएएचएच ट्विनअटर जहाज म्याग्दीको दाना गाविस २ सोलीघोप्टे भीरमा खसेको हो । विमान वरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए । उडेको १० मिनेटमा प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पुगेलगत्तै जहाज सम्पर्कविहीन भएको थियो ।

    ‘चालकदलले पोखरा एयरपोर्टको टावरसँग आफूहरू १० हजार ५ सय फिट उचाइमा रहेको र तल जमिन देखिएको भन्दै अन्तिमपटक खबर गरेका थिए,’ नागरिक उड्डयन कार्यालय पोखराका निर्देशक दीपक बरालले भने, ‘लगत्तै सम्पर्कविहीन भएको थियो । दुर्घटना भएछ ।’ घोरेपानीसम्म जहाज सकुशल रहेको र त्यसपछि घटना भएको उनले बताए ।

    जहाज भीरमा ठोक्किएको थियो । ठोक्किएको स्थानभन्दा करिब सय मिटर तल चारैतिर भीरमा शवहरू छरिएको अवस्थामा छन् । साँझ अबेरसम्म पनि जहाजको टुक्रा र रूखमा आगो बलिरहेको थियो । घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले १९ वटा शव देखेका छन् ।

    तर, खराब मौसमका कारण निकाल्न भने सकिएको छैन । केही शवका टुक्रा, जहाजका टुक्रा, पर्स, भिसाकार्ड, जुत्ता कागजात पनि छरपस्ट देखिन्छन् । अधिकांश शव जलेका छन् । महिला र बच्चाका शवहरू भीरमा अड्केको अवस्थामा देखिएका छन् । केही शव चिनिन सक्ने अवस्थामा छन् ।

    ‘जहाज ठोक्किएर दुईतिर शव र जहाजका टुक्रा उछिट्टिएका छन्,’ घटनास्थल पुगेका म्याग्दी प्रहरी प्रमुख डीएसपी विश्वराज खड्काले भने ।

    जहाज करिब ४१ सय मिटरको उचाइमा भीरमा ठोक्किएको छ । दिनभर उक्त स्थानमा कुहिरो लागेको थियो । जहाज रुटभन्दा करिब ३ सय मिटर पश्चिमबाट उडेकाले दुर्घटनामा परेको अनुमान गरिएको छ ।

    दानाको काभ्रे गाउँका टेकबहादुर खड्काले खोजीमा गएको प्रहरी टोलीसमक्ष नियमितभन्दा फरक रुटमा जहाज उडेको र ठूलो आवाज पनि आएको बताएपछि घटनास्थलको पत्तो लागेको थियो ।

    घटनास्थल पोखरादेखि करिब ४० नटिकल माइल टाढा छ । घटनास्थल हेर्दा चालकले रुट डाइभर्ट गरेको देखिने पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोल इन्चार्ज योगेन्द्रनाथ कुँवरले बताए ।

    ‘नर्मल रुट छाडेर अर्कोतर्फ गएको देखिन्छ,’ उनले भने, ‘मौसमको कारणले रुट छाडेको हुन सक्छ । तर, यसै भन्न सकिन्न ।’ उक्त स्थानमा बिहानैदेखि कुहिरो लागेको स्थानीयले बताएका छन् ।

    पोखराबाट उडेको जहाज घोरेपानी कटेपछि जोमसोम टावरको सम्पर्कमा पुग्छ । ‘हाम्रो सीमा भनेको घोरेपानीसम्म हो,’ कुँवरले भने, ‘सीमा कटेपछि पोखरा टावरसँग सम्पर्क टुट्छ ।’

    घोरेपानीदेखि तातोपानीसम्मको करिब ५ मिनेटको दूरी ‘बफर जोन’ मानिने र त्यस क्षेत्रमा सबै जहाज सम्पर्कविहीन हुने कुँवरले बताए ।

    ‘भीएचएफ कभरेज हुँदैन, नभएपछि कुनै पनि सम्पर्क हँ‘दैन,’ उनले भने, ‘अग्लो डाँडाको खोंचबाट जहाज जाने भएकाले कुनै पनि सिग्नल टिप्दैन ।’ सामान्यतया १८ देखि २० मिनेटमा जहाज जोमसोम विमानस्थलमा अवतरण हुने गर्छ ।

    नेपालका धेरै अप्ठ्यारा रुटमध्ये पोखरा–जोमसोम एक हो । घोरेपानीदेखि माथिल्लो क्षेत्रमा अधिकांश समय मौसम खराब भइरहन्छ । भौगोलिक विकटताले गर्दा रुट अप्ठ्यारो रहेको र सतर्कतापूर्वक जहाज चलाउने गरिन्छ । ‘सतर्क रहनुपर्ने रुटमा दुर्घटना भयो,’ पोखरा विमानस्थल प्रमुख बरालले भने ।

    घटनास्थल म्याग्दी सदरमुकामबाट ३० किलोमिटर माथि बेनी–जोमसोम सडकखण्डको रुप्से छहरादेखि ५ घण्टा ठाडो उकालो स्थानमा छ । चालकदलले घोरेपानी क्रस गरेलगत्तै पोखरा टावरमा जानकारी गराएको थियो । तर, जोमसोम टावरमा भने सम्पर्क नभएको त्यहाँका प्रमुख सूर्य खत्रीले बताए । ताराको बुधबार एउटामात्र फ्लाइट थियो ।

    जहाज हराउनासाथ एयर डाइनेस्टी र नेपाली सेनाका हेलिकप्टरले दिनभर खोजी गरेका थिए । डाइनेस्टीका २ हेलिकप्टर दानामै राखिएका छन् । सेनाको हेलिकप्टर भने काठमाडांै फर्किएको छ ।

    जहाज उडेको केही समयमा चालक मानन्धरसँग एभिया क्लबको अल्ट्रालाइटका चालक मनोज बिजयनले सम्पर्क गरी मौसमबारे जानकारी लिएका थिए । त्यस क्रममा मानन्धरले आफू धम्पुस पुगेको र मौसम खासै राम्रो नरहेको बताएका थिए । त्यसपछि विजयनले ह्याप्पी ल्यान्डिङ भनेका र मानन्धरले धन्यवाद फर्काएका थिए ।

    घटनास्थल विकट भएकाले तत्कालै शवको खोजी तथा संकलन हुन सकेन । जतिसक्दो चाँडो उद्धारका लागि पहल गरिएको तर बुधबार सम्भव नभएको क्षेत्रीय प्रशासक शंकर कोइरालाले बताए । ‘घटनास्थल नजिकै हेलिकप्टर ल्यान्ड गर्ने ठाउँ नभेटिएकाले समस्या भयो,’ उनले भने ।

    घटनापछि नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक राजु श्रेष्ठको नेतृत्वमा ४ जनाको टोली पोखरा आएको छ । टोली सम्भव भएसम्म बिहीबार घटनास्थल पुग्ने बरालले बताए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेका छन् । केही सर्वसाधारण पनि पुगेका छन् । उनीहरू सुरक्षित भएर बसेका छन् ।


    ज्यान गुमाउनेहरू :
    १.    पाइलट रोशन मानन्धर
    २.    कोपाइलट दिकेश नेमकुल
    ३.    एयर होस्टेज रमा राउत
    ४.    रालरसिद अहमद कुवेती नागरिक
    ५.    माक सुई याङ चिनियाँ नागरिक
    ६.    एक बालक
    ७.    एक बालिका
    ८.    रेवती बराल
    ९.    मुक्तिनाथ बाँस्तोला
    १०.    विनीता भट्टचन
    ११.    कृष्णलाल भट्टचन
    १२.    दिलकुमारी गौचन
    १३.    देवीजंग गुरुङ
    १४.    फेनजोक गुरुङ
    १५.    लक्ष्मी हिराचन
    १६.    मोतीबहादुर केसी
    १७.    पवित्रा केसी
    १८.    लेप्साङ लामा
    १९.    बालकृष्ण निउरे
    २०.    कान्छा परियार
    २१.    डोल्मा छिरिङ शेर्पा
    २२.    राजकुमार तामाङ र
    २३.    कमला थकाली

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.