×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

वृद्धाश्रमका बुढाबुढीको गुनासो – मरेपनि परिवारलाई खबर नदिनू !

  •  
  • बुधबार, फागुन १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सञ्जीव दाहाल


    छोराबुहारीको दुव्र्यवहार सहन नसकेपछि भक्तपुरकी ७९ वर्षीया सूर्यकुमारी श्रेष्ठ नौ वर्षदेखि निःसहाय सेवा सदन शान्तिनगर काठमाडौंमा बस्दै आएकी छन् । गर्भेटुहुरो छोरा जन्मदा घरमा एक गेडा अन्न नभए पनि श्रेष्ठले ज्यामी काम गरेर हुर्काइ–बढाइ गरेको त्यही छोराले आमाको गुन तिर्न त कता हो कता उल्टो आश्रममा बस्न बाध्य बनाए ।briddha ashram (5)
    ‘पुरानो एकतले घर थियो । त्यहीं पसल राख्ने भन्दै छोराले कचकच गरिरहे,’ उनले दुःखेसो पोखिन्, ‘चार नातिनीसहित छोराबुहारी बस्नसमेत समस्या थियो । त्यही समय घरछेउमा लडेर हात खुस्कियो । मलाई अस्पताल पुर्याए । अस्पतालबाट डिस्चार्ज गरेर छोराले सिधै वृद्धाश्रममा छाडेर गए ।’ बिहेमा हजुरआमालाई घर ल्याउनू भनेपछि सूर्यकुमारी नौ वर्षपछि गत माघ अन्तिम साता घर पुगेकी थिइन् । ‘नातिनीहरूले घरै बसम् भनेर असाध्यै गरे पनि छोराबुहारीले केही भनेनन्,’ गहभरि आसँु पार्दै उनले तीतो पोखिन्, ‘वृद्धाश्रम फर्कनुको विकल्प थिएन । छोराबुहारीको दुव्र्यवहारले जिउँदै मरेकी छु । यसरी बाँच्नुको के अर्थ । केवल काल पर्खंदै छु ।’
    briddha ashram (6)निःसहाय सेवा सदन शान्तिनगरमा आश्रित सुभद्रा दाहालको पीडा भने फरक छ । खहरे रातमाटे सिन्धुलीनिवासी ८२ वर्षीया दाहालको पाँच वर्षको उमेरमा गाउँनजिकै बिहे भएको थियो । बिहेको १५ वर्षसम्म श्रीमान्सँगै हाँसिखुसी बित्यो । संवत् २००८ मा साथीहरूसँग धन कमाउन भारत गएका श्रीमान्को अहिलेसम्म अत्तोपत्तो छैन । आफ्नो मान्छे नै नभएपछि घरपरिवारको टोकेसो सहन नसकेर ०२२ मा नेपाल (काठमाडौं) हेर्न आएकी दाहाल त्यहाँदेखि यतै छिन् । यता रहँदा–बस्दा काठमाडौंको डिल्लीबजारमा बाह्मणको घरमा भान्छेको काम गरिन् । ‘एउटै घरमा ५० वर्षसम्म भान्छेको भूमिका निर्वाह गरें,’ उनले सुनाइन्, ‘काम गर्न सकुन्जेल गरें । नसकेपछि घरभेटीले यहाँ ल्याएर छाडिदिए ।’
    बुढेसकालमा पीडामाथि पीडा सहनुको विकल्प छैन । ८२ वर्षीया दाहालको नागरिकतासमेत छैन । नागरिकता नभएपछि वृद्धाभत्ता पाउने कुरै भएन । भनिन्, ‘नागरिकता बनाउन केही समयअघि सिन्धुली पुगे पनि आफन्त कोही नभएको भन्दै गाविससचिवले सिफारिस दिन मानेनन् ।’ नागरिकता नहुँदा वृद्धभत्ताबाट वञ्चित उनले वृद्धभत्ता नपाए पनि मर्ने बेला साथमा नागरिकता भए बैकुण्ठमा बास पाइन्थ्यो कि ।’
    briddha ashram (7)५१ वर्षअघि श्रीमान् बितेका खानीखोला धार्के, धादिङकी ८१ वर्षीया दिलकुमारी रेग्मीको पीडा खनिखोस्री साध्य छैन । ‘श्रीमान् बिते पनि तीन छोरी र एक छोराकी धनी रेग्मीले ज्यामी काम गरेरै छोराछोरी हुर्काइन् । बिहेदान गरिदिइन् । पुरानो घर भत्काएर नयाँ बनाइन् । तर, बुढेसकालमा त्यही छोराबुहारीबाट हेलाँहोचो भएपछि उनी काठमाडौं पसिन् । सानोतिनो कुरामा बुहारीबाट पिटिएकी उनी छोरी र नातिको सल्लाहअनुसार आश्रममा बस्न थालेकी हुन् । आश्रममा छाड्दै नातिले हिँड्ने बेला ‘केही समय बस्दै गर्नु बुवा र आमालाई सम्झाएर लिन आउँछु भनेको हिजैजस्तो लाग्छ रे । ‘सात वर्ष बिते पनि कुनै खुटखबर आएन,’ उनले पीडा व्यक्त गरिन्, ‘छोराछोरी सम्झनसमेत मन लाग्दैन । प्राण जाँदासमेत कसैलाई खबर नदिनू है भनेको छु ।’
    briddha ashram (1)बालाजुका ७४ वर्षीय सुब्बामाधव श्रेष्ठ वृद्धाश्रमका सबैभन्दा धेरै पढेका व्यक्ति हुन् । भूमि सुधार आयोग र मालपोतमा समेत काम गरेका उनी अवकाशपछि घरपरिवारसँग प्रगाढ सम्बन्ध रहे पनि पछिल्लो समय श्रीमती र छोराले मन पराउन छाडेपछि घरमा एक्लै बस्थे । बुढेसकालमा एक्लै बस्न सजिलो छैन । उनले भने, ‘गतवर्ष घरमै लडेर थला परें । थला परे पनि श्रीमती र छोरा घर आउन त के फोनसमेत गरेनन् । आफ्नो हेरचाह गर्ने कोही नभएपछि वृद्धाश्रममा बस्न थालेको हुँ ।’
    श्रेष्ठको बालाजुमा घर छ । पेन्सन आउँछ । तर, परिवार साथमा नहुँदा वृद्धाश्रममा आश्रय लिनुपरेको छ । उनले छोरालाई इन्जिनियर पढाए । पढाइ पूरा नहुन्जेल आमाछोेरासँगै बसे । छोराको पढाइ पूरा भएपछि घर छोडर हिँडे । उनको एउटै चाहना छ, ‘मैले आश्रममा आश्रय लिए पनि छोरा घर फर्के हुन्थ्यो ।’
    briddha ashram (8)निःसहाय सेवा सदनमा ४२ वृद्धवृद्धाले आश्रय लिएका छन् । सबैका पीडा चर्कै छ । पीडाका कारणचाहिँ एउटै प्रकृतिको नहुन सक्छ । सम्बन्धित आमाले नौ महिना गर्भमा राखेर छोराछोरीलाई जन्म दिन्छन् । हुर्काउँछन्, बढाउँछन् र पढाउँछन् पनि । भनाइ छ, ‘आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीका मन ढुंगामाथि । निःसहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई उनीहरूका छोराछोरी उखानले भनेझैं व्यवहार गरे पनि वृद्धाश्रम स्थापना गरेर ज्येष्ठ नागरिकको पालनपोषणमा लाग्ने सगुन शाहहरू पनि यही समाजमा छन् । जसको सत्कर्मले वृद्धवृद्धालाई गुन लगाएको छ ।
    briddha ashram (2)निःसहाय सेवा सदन अध्यक्ष सगुन शाहले नेपाली दाताकै सहयोगमा वृद्धाश्रम सञ्चालनमा ल्याएकी हुन् । अध्यक्ष शाहको सत्कर्मले आश्रममा आश्रित ४२ वृद्धवृद्धाले बुढेसकालमा सहारा पाएका छन् । घरपरिवारको दुव्र्यवहारमात्रै नभएर आफन्त भएर पनि नभएसरह भएपछि सम्बन्धित वृद्धवृद्धा आश्रमसम्म आउने निःसहाय सेवा सदन प्रशासन अधिकृत प्रेमप्रसाद उप्रेतीको ठम्याइ छ । निःसहायको सहायता गर्न निःसहाय सेवा सदनमा चिकित्सक, नर्ससहित १२ भन्दा कर्मचारी कार्यरत छन् । जुन सहयोगले वृद्धवृद्धाको बसाइ सहज बनाइदिएको छ ।

    briddha ashram (4)

    ratopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.