×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सम्पर्कविहीन हुनुअघि पाइलटले अन्तिममा भने- फेरि भेटौंला, गुड डे !

  •  
  • बुधबार, फागुन १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर: संगम प्रसाईं

    फाल्गुन १२, २०७२- पोखरबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा ‘फेरि भेटौंला, गुड डे !’ भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो।

    पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् ।

    त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको जोमसोम विमानस्थलका प्रमुख सूर्य खत्रीले बताएका छन् ।

    …

    पोखरबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७  बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कबिहीन भएको हो।

    पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र २० जना यात्रु थिए । जसमा विदेशी दुइ जना र २ जना बालबालिका रहेका छन् । जहाजमा कुवेतका नागरिक रालरसिद अहमिद र चिनियाँ नागरिक माकस्यु यिङ रहेका छन् ।

    रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को-पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् ।

    पौडेलका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर पठाइसकिएको छ ।

    म्याग्दीस्थित कान्तिपुर संवाददाता घनश्याम खड्काका अनुसार म्याग्दी र मुस्ताङको सीमा क्षेत्रका स्थानीयले आगो लगाेको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ प्रस्थान गरेको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।

    ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।

    हेर्नुस उक्त जहाजमा रहेका यात्रुहरुको नामावलीः

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.