×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘बाबुराम राष्ट्रद्रोही हुन्’

  •  
  • मङ्गलबार, फागुन ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भट्टराईमाथि खनिए दाहाल

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणमा जुटिरहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि राष्ट्रद्रोहीको गम्भिर आरोप लगाएका छन्।
    एमाओवादी अध्यक्ष दाहालले सोमबार पार्टीका करिब २ हजार कार्यकर्ताका सामुन्ने करिब चार दशकसँगै काम गरेका डा. भट्टराईमाथि राष्ट्रद्रोहीको आरोप लगाएका हुन्। एमाओवादीको काठमाडौ जिल्ला समितिले सोमबार प्रज्ञा भवनमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दाहालले डा. भट्टराई पार्टी परित्याग गरेर नयाँ शक्तिमा लाग्नु बुढेसकालमा सम्बन्ध विच्छेद गरेर नयाँ श्रीमती भित्र्याएजस्तै भएको बताए।
    डा. भट्टराईले संविधान जारी भएको एक सातापछि गत असोज ९ गते एमाओवादी पार्टी परित्याग गरेका थिए। एमाओवादी अध्यक्ष दाहालले पार्टी परित्याग गरेर डा. भट्टराईले वैचारिक/सैद्धान्तिक अपराध गरेको आरोप लगाए। उनले भट्टराई पीएचडी गरेका आधारमा नभई पार्टीमा गरेको योगदानका आधारमा प्रधानमन्त्री भएको भन्दै भट्टराईलाई बुद्धि नै नभएको नेताको संज्ञा  दिए। उनले अहिले गरेको गल्तीको प्रायश्चित गरी भट्टराई भविष्यमा पुनः एमाओवादीमा फर्किने दाबी गर्दै एमाओवादीमा फर्किनुको साटो भट्टराईको स्थिति बलियो भए मुलुक नै सकिने बताए।
    डेढ घण्टा लामो मन्तव्यका क्रममा एमाओवादी अध्यक्ष दाहालले कार्यक्रममा उपस्थित कार्यकर्तालाई  हँसाउने काम समेत गरे। उनले अभिनेत्री करिष्मा मानन्धरको नाम आफूसँग जोडिएको विषयदेखि संविधानसभाको पहिलो निर्वाचनका बेला एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालसँग तालमेलका लागि भएका छलफल र चुनावमा प्राप्त परिणामपछि आफू हौसिएको प्रसङ्ग निकालेर कार्यकर्तालाई हँसाएका थिए। उनले पहिलो संविधानसभामा २ सय ४० सीट जित्दा ५ सय सीट जितेजस्तो अनुभव भएको र त्यो घमण्डले सबै पद गुमाउनुपरेको बताए। उनले अहिले सबैभन्दा ठूलो दल काँग्रेसको हालत पनि एमाओवादीको जस्तै भएको बताए।
    एमाओवादी अध्यक्ष दाहालले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले २० प्रतिशतभन्दा बढी सीटमा तालमेल गर्न नमानेका कारण एक्लै निर्वाचनमा होमिएको र निर्वाचनमा नसोचेको सीट हात परेपछि कार्यकर्तालाई विर्सेर धर्ती नै छोडेका कारण पार्टी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको बताए।
    एमाओवादी अध्यक्ष दाहालले तेस्रो स्थानमा खुम्चिएपनि मुलुकको साँचो एमाओवादीको हातमा रहेको बताए। उनले मुलुकको साँचो एमाओवादीको हातमा भएकैले संविधान जारी गर्न काँग्रेसलाई सहमत गराउन तथा एमालेलाई प्रधानमन्त्री पद दिलाउन सकेको बताए।
    एमाओवादी अध्यक्ष दाहालले दुई वर्षभित्र पार्टीलाई फेरि एक नम्बरको बनाउने लक्ष्यका साथ सुदृढीकरण र पुनर्निमाणको अभियान थालिसकेको भन्दै अहिलेकै अवस्थामा पार्टीले गाउँपालिकादेखि संघसम्म सबै तहका निर्वाचनमा उम्मेद्वार उठाउन पनि नसक्ने बताए।
    एमाओवादी अध्यक्ष दाहालले पार्टीलाई सबैभन्दा ठूलो दलका रुपमा उभ्याउनका लागि गणतन्त्र, संघीयता, समानुपातिक÷समावेशी, धर्मनिरपेक्षता जस्ता उपलब्धीका बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताए। उनले एमाओवादीका कारण नै उल्लेखित उपलब्धि सम्भव भएको भन्दै यस बारेमा जनतालाई राम्रारी बुझाउन सके काँग्रेस र एमाले जनताबाट पत्तासाफ हुने दाबी गरे।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.