×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बेलायत सरकारविरुद्ध गेसो अन्तर्राष्ट्रिय अदालत जाने

  •  
  • सोमबार, फागुन १०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन १०, २०७२- गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने उद्घोष गरेको छ । उसले बेलायत र नेपाल सरकारविरुद्ध मानव तस्करी, गोर्खाको संस्कार संस्कृतिको विनास एवं गोर्खाको सूचना पाउने हक हनन गरिएको ठहर गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा उठाउने बताएको हो ।

    आइतबार बेलायतको अल्डरसटस्थित किङ्ससेन्टरमा आयोजित एक दिवसीय अभिमुखी कार्यक्रममा गेसोले यसअघि हकहितका लागि लडिसकेको जनाउँदै अब नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको लडार्इं लड्ने प्रतिज्ञा गरेको हो ।

    गेसोको यो घोषणा कार्यक्रममा बेलायतका नेपाली विद्वान, बुद्धिजीवी, विभिन्न राजनीतिक पार्टी र जनजाति संगठनका प्रतिनिधि, पत्रकार लगायत सयौं भूपूगोर्खा सैनिक सहभागी थिए ।

    कार्यक्रममा गेसो केन्द्रिय सभापति पदमबहादुर गुरुङले १५ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै नेपाल बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज रहेको दावी गरे । उनले नेपाल कहिल्यै पनि बेलायतको उपनिवेश नरहेको र यस्तो सार्वभौमसत्ता सम्पन्न देशका स्वतन्त्र नागरिकलाई के कस्तो सन्धि सम्झौता गरि बेलायती सेनामा पठाइएको हो सो को सत्यतथ्य बेलायत र नेपाल दुवै सरकारले सार्वजनिक गर्नुपर्ने बताए । गुरुङले बेलायती सेनामा बलजफ्ती लैजाने परम्परा र संस्कारले नेपालको आत्मनिर्भर अर्थतन्त्र, सामाजिक सद्भाव, विशिष्ट मौलिक परम्परा र संस्कृति सबै ध्वस्त भएको जिकिर समेत गरे ।

    बेलायतले दुई सय वर्षसम्म गोर्खाहरुलाई पशु सरह व्यवहार गरेर दास बनाएको उल्लेख गर्दै गुरुङले विभिन्न युद्धमा ६० हजारभन्दा बढी मारिएका, लाखौं घाइते र बेपत्ता पारिएकाको आधिकारिक जानकारी बेलायतले नदिएकाले यसमा बेलायत सरकार जवाफदेही हुनुपर्ने बताए । दुई देशबीच कानुनी रुपमा सन्धि सम्झौता गरि वैधानिकता दिएको कतै नपाइएको चर्चा गर्दै सभापति गुरुङले गोर्खाहरुलाई अवैधानिक तवरले युद्धमा लगि हत्या गर्नु सरासर युद्ध अपराध भएको दावी गरे । भेलाले ६ बुँदे लन्डन घोषणापत्र समेत जारी गरेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन १०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.