कैलासबावु श्रेष्ठ/गोरखा
फागुन ८ गते । यातायात ब्यवसायी समिति गोरखाको दुई दिन लामो गरी भएको अधिवेशनले निबर्तमान अध्यक्ष रामहरी के.सी.लाई अध्यक्षमा निर्वाचीत गरेको छ । राजनैतिक खिचातानी संगै दुई खेमामा बाडीएको चुनाबमा के.सी.ले सहज जित हात पारेको थियो ।
निकै प्रतिस्पर्धा हुने अनुमान गरीएको यो चुनाबमा नेपाली काँग्रेस र नयाँ शक्ति एक खेमामा देखीएको थियो भने एमाओबादी र एमाले अर्को खेमा प्रस्तुती भएका थिए । अध्यक्ष के.सी.एमाओवादी र एमाले खेमाले समर्थन गरीएका ब्यक्ती हुन ।
के.सी.ले आफ्ना प्रतिद्ववन्दी नेपाली काँग्रेसका नन्दलाल बगालेलाई १४ भोटले उछिन्दै जित हात पारेका थिए । बगालेको ९२ मत मात्र आएको थियो । फागुन ६ गते उदघाटन र निर्वाचन प्रकृया थाली ७ गते भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष बासु थापाले १ सय ४५ मत प्राप्त गरेर बिजयी भएका थिए भने महासचिबमा सुरेन्द्र कुवारले १ सय ४४ मत प्राप्त गरी बिजयी भएका थिए ।
त्यस्तै गरी कोषाध्यक्षमा १ सय २१ मत ल्याएर दिपक खनाल, ८१ मतका साथ सचिबमा प्रेमकुमार श्रेष्ठ, १ सय ३ मतका साथमा सह कोषाध्यक्षमा गोबिन्द के.सी.ले जित हात पारेको हो । निर्वाचन बाट उपाध्यक्षमा कालु गुरुङ्ग, बर्गिय संयोजकमा बस तर्फ दिपक खत्री, ट्रक तर्फ ज्ञानकारी श्रेष्ठ, मिनिबस तर्फ राजकुमार श्रेष्ठका साथै ट्याक्टर तर्फ रञ्जितकुमार श्रेष्ठ बिजयी भएको हो ।
समितिका सदस्यहरुमा राजु श्रेष्ठ, अर्जुन भट्ट, शरण गुरुङ्ग र काजीराम खत्री बिजयी भएको यातायात ब्यवसायी समितिको कार्यालय गोरखाले जानकारी दिएको छ ।
फोटो सुरेन्द्र कुवर, बासु थापा र अध्यक्ष के.सी.को फेसबुक






