×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सभापति बन्न देउवा र पौडेलबीच दोहोरी

  •  
  • शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोविन्द परियार

    फोटो :फाइल फोटो
    एकअर्कालाई प्रधानमन्त्री बनाउने दुबैको प्रस्ताव
    काठमाडौं: १३ औं महाधविशेन नजिकिइरहँदा कांग्रेसका दुई नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले सभापति पद आफूलाई छाड्न एकअर्कालाई आग्रह गरेका छन् ।
    सभापति दौडमा रहेका वरिष्ठ नेता देउवाले आफ्नो निवास बुढानिलकन्ठमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूलाई सभापति बनाउन सहयोग गरेर कार्यवहाक सभापति पौडेललाई प्रधानमन्त्री पद लिन आग्रह गरेका हुन् ।
    महाधिवेशन आउँदै गर्दा सभापतिका दुई आकांक्षीले आफूलाई सघाएमा प्रधानमन्त्री पद दिलाउने बताएका हुन् ।
    वरिष्ठ नेता शेरबहादुर देउवाले तेह्रौँ महाधिवेशनबाट पार्टीलाई एक बनाउन आफुलाई सभापतिमा सहयोग गरेमा पौडेललाई प्रधानमन्त्रीमा सहयोग गर्ने प्रस्ताव गरेका हुन् ।
    ‘म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्रीमा बस्दा पार्टी एकताको सन्देश पनि जान्छ र पार्टी एकढिक्का पनि हुन्छ, देउवाले भने, ‘सहमतिकै लागि रामचन्द्रजीलाई प्रधानमन्त्रीमा सहयोग गर्न म चाहन्छु, यसले मुलुकलाई पनि एक बनाउन सघाउँछ ।’
    देउवाले आफू सभापति बनेमा प्रधानमन्त्री बनाउने आश्वासन दिएलगत्तै पौडेलले आफ्नो सम्पर्क कार्यालय अनामनगरमा पत्रकार सम्मेलन गरि सभापति बन्न देउवाले आफूलाई सघाए प्रधानमन्त्री वा राष्ट्रपतिमा उनलाई सहयोग गर्ने जवाफ फर्काएका हुन् ।
    प्रत्रकार सम्मेलनमा पौडेलले आफुले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत कांग्रेसलाई चलायमान बनाएपछि त्यसकै उपज दोस्रो संविधानभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको दावी गरे ।
    ‘म कुनै लोभ लालचमा फँस्दिनँ, देउवाजी आफैं बन्नु भए हुन्छ’, उनले पार्टीलाई एकताबद्ध बनाउन आफूले उम्मेदवारी दिएन लागेको भन्दै आफ्नो सक्रियता पार्टीलाई आवश्यक रहेको बताउँदै भने, ‘म पार्टीमा काम गर्छु, प्रधानमन्त्री देउवाजी नै बन्नुहोस।’
    देउवाले विगतमा पार्टीमा देखिएको विभाजनको अवस्थालाई एक बनाउने र अहिलेका राष्ट्रिय मुद्दालाई सम्वोधन गर्ने प्राथमिकताकासाथ आफू सभापति हुन चाहेको धारणा पत्रकारहर समक्ष राखेका थिए ।
    ‘हिजो को कहा‘ थियो भन्ने आधारमा होइन, योग्य र क्षमतावान सबै साथीहरुलाई म समेटेर अघि बढ्छु । कसैलाई काखा र पाखा गर्दिनँ,’ देउवाले भने, ‘हिजोजस्तो पार्टीलाई अनिर्णयको बन्दी हुन पनि दिन्नँ । समयमा निर्णय गर्न नसक्दा सरकारबाट मनोनित हुने सांसद गुमाउन पुग्यौं, भूकम्पले पुर्‍याएको क्षतिको पुर्न्निर्माण गर्ने प्राधिकरणका सिईओ गुमायौं ।यो सबै सुधार गर्न मेरो नेतृत्व आवस्यक छ ।’
    महाधिवेशनको मुखमा आफूमाथि ‘दरबारमा लगेर प्रजातन्त्र बुझायो’ भन्ने आधारहीन आरोप आएको बताउँदै देउवाले त्यसबारे पनि प्रष्ट पारे । ‘त्यतिबेला चुनाव सार्ने सिफारिसमा तत्कालीन महामन्त्री सुशील कोइराला र गोविन्दराज जोशीले पनि हस्ताक्षर गरेका थिए’, देउवाले भने, ‘चुनाव सारेकै कारण मलाई राजाले कू गरेका हुन ।’
    देउवाले निर्वार्चित प्रधानमन्त्रीलाई राजाले अपदस्थ गरेको बीपी कोइरालापछि आफू दोस्रो भएको पनि बताए । ‘आरोपको पनि एउटा हद हुन्छ नि। हुँदै नभएको आरोप अहिले मलाई किन लगाईदैछ ?’ देउवाले भने, ‘निर्वाचित सरकारले अपदस्थ भएका वीपी कोइराला र मेरै पालामा हो । त्यसो भए वीपीलाई पनि प्रजातन्त्र राजालाई बुझ्यो भन्ने ?’
    कार्यवहाक सभापति पौडेलले भने आफ्नो पार्टीभित्र कुनै गुट उपगुटमा नलागेको र मध्यमार्गी भूमिकामा रहेको छवि बनाएकाले पनि पार्टीलाई एक गर्न सक्ने दावी गरेको थिए । ‘म मध्यममार्गी हुँ, यसैले दुवै तर्फका कार्यकर्तालाई मसँग काम गर्न सजिलो हुन्छ,’ उनले भने ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.