×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५१ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीचको खटपट उत्कर्षमा

  •  
  • शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भारत भ्रमणको तयारीलाई लिएर मतभेद सतहमै देखा परेको छ । प्रधानमन्त्री भ्रमणको तयारी र एजेन्डा तय गर्न परराष्ट्र मन्त्रालयलाई कुनै भूमिका नदिइएकामा थापा ओलीसित असन्तुष्ट भएको स्रोतहरूले जनाए ।

    प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैंले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा असन्तुष्ट प्रकट गर्दै उपस्थित भएनन् । प्रधानमन्त्रीले २ बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले पनि परराष्ट्र मन्त्रालयमा छुट्टै पत्रकार सम्मेलन गर्ने निम्ता पठाएका थिए । तर पछि एकाएक परराष्ट्र मन्त्रालयमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन रद्द भयो । प्रधानमन्त्री कार्यालयमा हुने पत्रकार सम्मेलन बुधबारै तय भएको थियो । परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनको तयारी बिहीबार बिहान तय भएको हो । पत्रकार सम्मेलनको खबर गरेको ३५ मिनेटमा नै परराष्ट्रले रद्द भएको सूचना जारी गर्‍यो ।

    प्रधानमन्त्री र परराष्ट्रमन्त्री थापाको आपसी व्यवहारबाट समेत दुई नेताबीच मतभेद रहेको पत्रकार सम्मेलनमा नै प्रस्ट देखिएको परराष्ट्रका अधिकारीले बताए । प्रधानमन्त्री पत्रकार सम्मेलनमा आइपुगेपछि परराष्ट्र मन्त्रीलाई खोज्दै थिए । आफ्ना मुख्य सल्लाहकार विष्णु रिमालले परराष्ट्रमन्त्री थापालाई सम्पर्क गर्दा ढिलो हुने खबर आएको जानकारी प्रधानमन्त्रीलाई दिएलगत्तै उनले पत्रकार सम्मेलन अघि बढाउन निर्देशन दिएका थिए । मुख्य सचिव सोमलाल सुवेदीले पत्रकार सम्मेलन अघि बढाएका थिए ।

    त्यसपछि परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरेर बोलाउँदै सम्मेलनमा सहभागी गराइयो । बैरागी हतारहतार गर्दै आएर सम्मेलनको एक छेउमा उभिए । पछि उनलाई मुख्य सचिव सुवेदीको छेउमा लगेर राखिएको थियो ।
    प्रधानमन्त्रीले नै आफ्नो भ्रमणबारेमा पत्रकार सम्मेलन गर्नु अस्वभाविक भन्दै उपप्रधानमन्त्रीले त्यहाँ उपस्थिति नजनाएको परराष्ट्र स्रोतले जनायो । ‘परराष्ट्रमन्त्री वा परराष्ट्र मन्त्रालयले भ्रमणको ब्रिफिङ गर्ने हो । प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयले होइन । भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा वा अन्य मुलुक जाँदा आफू राजकीय वा कुन भ्रमणमा जान लागेको आफैंले भन्दै हिड्दैनन् । ‘यो असुहाउँदो भयो भन्दै उपप्रधानमन्त्रीले उपस्थिति जनाएनन्,’ परराष्ट्रका एक अधिकारीले भने ।

    भारत भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल भारत गएको भनेर प्रधानमन्त्री कार्यालयले प्रचार गरेदेखि नै ओली र थापाबीच खटपट सुरु भएको थियो । थापाको चीन भ्रमण हुने समयमा पनि प्रधानमन्त्रीले कानुनमन्त्री अग्नि खरेललाई समावेश गराएर थापाप्रति अविश्वास दर्साएका थिए । अहिले फेरि त्यस्तै अवस्था देखिएको छ । परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भारत भ्रमणले आर्थिक समृद्धिमा साझेदारी गर्ने बताए पनि उनको उपस्थितिबिना हुने गरेको कार्यप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

    सुशील कोइरालाको निधनमा श्रद्धाञ्जलि दिन आएका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज परराष्ट्र मन्त्रालयमा आउने भनिए पनि उनी आइनन् । प्रधानमन्त्रीसँगको भेटमा नै थापा उपस्थित भएका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.