×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

दुई देशबीचको बहुआयामिक सम्बन्ध सबल बनाउँछु–प्रधानमन्त्री

  •  
  • शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबाट दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सबै क्षेत्रमा सबल बनाउने आधार तय गर्ने बताउनुभएको छ ।

    भारत भ्रमणका सन्दर्भमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पछिल्ला समय बिग्रिएको नेपाल–भारतको सम्बन्धलाई पूर्ववत् मित्रतामा फर्काइ अझ मजबुद बनाउनु भ्रमणको प्रमुख लक्ष्य भएको उल्लेख गर्नुभयो ।

    उहाँले नेपालमा संविधान जारी भएपछि बनेको सरकारका प्रमुखलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणका लागि निमन्त्रणा गर्नुले भ्रमणको विशेष महत्व रहेको जनाउँदै भन्नुभयो, ‘‘भारतले भ्रमणलाई सम्मानित दर्जा दिएको छ । हाम्रो अपेक्षा मित्रतापूर्ण सम्बन्ध र व्यवहार हो । मित्रतामा भारत ढुक्क हुन सकोस् र भारतीय लगानीकर्ता ढुक्क हुन सकुन् भन्ने हो ।’’

    नेपालभित्रका आन्तरिक राजनीतिक समस्या यहाँभित्र आपसी संवादबाट समाधान हुने भन्दै प्रधानमन्त्री ओलीले सङ्घीयताको सीमासम्बन्धी विवाद मिलाउन आजै राजनीतिक संयन्त्र गठन हुने जानकारी दिनुभयो ।

    राष्ट्रियता र सार्वभौमसत्ताका प्रश्नमा नेपाल दृढ रहेको र सरकारको बाह्य नीति राष्ट्रिय हितकै आधारमा केन्द्रित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा विवादित हुने र नेपाललाई अहित हुने कुनै काम वा विशेष सम्झौता नहुने स्पष्ट गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी डोकाभरी केही ल्याउने भनेर जाँदैनौँ, मूलतः नेपालमा लगानी सुरक्षित छ । लगानीको प्रतिफल प्राप्त हुन्छ, त्यसका लागि यहाँको कानुनी जटिलताको अन्त्य गरिनेछ ।”

    नेपालले भारत वा चीन कुनै पनि छिमेकीको विरुद्धमा कुनै कार्ड प्रयोग नगर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुवै देशसँग मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक लाभलाई हेरेर मित्रताको व्यवहार गरिने जनाउनुभयो । उहाँले भन्नुभयो, “यो सरकार कूटनीतिमा होइन, मित्रतामा विश्वास गर्छ । परिस्कृत भाषामा होइन स्तरीय व्यवहारमा विश्वास गर्छ ।”

    भारतले संविधानलाई स्वागत गरेको छैन नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भारतले संविधानलाई सकारात्मक मानिसकेको र संविधान जारीपछिको सरकार प्रमुखलाई राजकीय भ्रमणमा आमन्त्रण गर्नु नै मित्रताको आधार हो भन्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.