×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५३ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘ समझदारी वृद्धि र सम्बन्ध सुदृढीकरणका लागि भारत भ्रमण’

  •  
  • मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, फागुन ४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक समानता र लाभका आधारमा नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन तथा आपसी समझदारी अभिवृद्धि गर्न आफू यसै साता भारतको राजकीय भ्रमणमा जान लागेको बताउनुभएको छ ।

    व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा सार्वजनिक महत्वको विषयमा मन्तव्य दिँदै उहाँले मुलुकको राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई केन्द्रमा राखेर आपसी सम्बन्धलाई अझ सुमधुर तुल्याउन भारत भ्रमण केन्द्रित हुने स्पष्ट गर्नुभयो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही फागुन ७ गते अपराह्नदेखि १२ गतेसम्म भारतको राजकीय भ्रमणमा जान लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको असमझदारी हटाउने तथा एक्काइसौँ शताब्दीको आवश्यकतानुरुप सम्बन्धलाई सम्पूर्ण रुपमा पारस्परिक लाभका दिशामा अघि बढाउने सन्दर्भमा आफ्नो भारत भ्रमण हुन लागेको बताउनुभयो । “हामीले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय हितलाई सर्वोपरि महत्व दिँदै आएका छौँ र दुई देशबीच कुनै किसिमको असमझदारी नहोस् लामो इतिहासदेखिको घनिष्ठ सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन मेरो भ्रमण केन्द्रित हुनेछ”– प्रधानमन्त्रीले भन्नुभयो ।

    नेपाल सदैव विश्वव्यापी रुपमा शान्ति, एकता, पारस्परिक लाभ, सम्मानका पक्षमा रहेको बताउँदै उहाँले संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलनबाट मुलुकको परराष्ट्र नीति निर्देशित भएको उल्लेख गर्नुभयो । दुई देशबीचको सम्बन्धलाई समयानुसार सच्च्याउनुपर्ने विषयलाई अघि बढाइने तथा विकास निर्माण र पुनःनिर्माणका प्रयासमा सहयोग जुटाउन आफ्नो भ्रमण फलदायी हुने उहाँले बताउनुभयो ।

    भ्रमणका क्रममा आफूले उच्च राजनीतिक नेतृत्वका साथै बौद्धिक एवम् व्यापारिक समुदायसँग देशको आर्थिक विकासका निम्ति वैदेशिक लगानी आकर्षित गर्न प्रयास गरिने तथा टेहरी बाँधको निरीक्षण र भूकम्पपछि गुजरातको भुजमा गरिएको पुनःनिर्माणका कामको अवलोकन गरिने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

    भूकम्पपछि विदेशी मुलुक र सङ्घसंस्थाबाट नेपालले पर्याप्त सहयोग पाएको र पुनःनिर्माणका लागि पनि सहायताको वचनबद्धता प्राप्त भएको सदनलाई जानकारी गराउँदै उहाँले पुनःनिर्माणको महाअभियान थालिएको र नयाँ ढङ्गले पुनःनिर्माण गर्नैपर्नेमा जोड दिनुभयो । वैशाख १२ र त्यसपछिका परकम्पका धक्काले विकास निर्माण नराम्ररी प्रभावित भएकाले सारा मुलुक पुनःनिर्माणमा जुटेको र पुनःनिर्माण प्राधिकरणले पनि योजनाबद्ध रुपमा काम गरिरहेका सन्दर्भमा बाह्य सहयोग जुटाउन भ्रमण फलदायी हुने उहाँको कथन थियो ।

    “तीव्रगतिमा मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउन वर्तमान सरकारले चाहेको छ, शिक्षा, स्वास्थ्य, विकासका पूर्वाधार निर्माण, कृषिको व्यावसायिकीकरण, औद्योगिक उन्नयन, सेवाका क्षेत्रलाई सबल तुल्याउँदै भारतसँगको व्यापार असन्तुलन घटाउनेतर्फ हामी केन्द्रित हुनेछौँ”– भ्रमणको मूल कार्यसूची सुनाउँदै प्रधामन्त्रीले भन्नुभयो ।

    मित्रसँग मिलेर गरिने प्रयास तथा कुनै पनि लगानीकर्तालाई अनुकूल वातावरण दिने, बिना प्रशासनिक उल्झन प्रतिफल पाउने गरी लगानीकर्तालाई आकर्षित गर्ने आफ्नो मनसुवा सुनाउँदै उहाँले भारतसँग मित्रतापूर्ण सम्बन्ध अघि बढाउन चाहेको तथा विगतमा भएका अप्रिय विषयलाई चिर्दै नयाँ ढङ्गले सम्बन्ध अघि बढाउनु नै आफ्नो भ्रमणको प्रमुख उद्देश्य भएको बताउनुभयो ।

    संविधान निर्माण र जारी गर्ने प्रक्रियासँगै केही कठिनाइ उत्पन्न भएको र दलबीचको असमझदारी हटाउनका लागि वर्तमान सरकार लागिपरेको छ भन्दै उहाँले अबको लक्ष्य लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि नै भएको बताउनुभयो ।

    सीमाङ्कन विषयमा राजनीतिक समिति बन्ने
    नेपालको राष्ट्रिय हित प्रवद्र्धन, नेपाल–भारत मैत्रीलाई अझ सुदृढ बनाउन समझदारी विकास गर्न तथा अपेक्षित उपलब्धि हासिल गर्न भ्रमण सफल हुने विश्वास उहाँले व्यक्त गर्नुुभयो । बाह्य सम्बन्ध सुदृढ गर्न सरकार लागिपरेको जानकारी दिँदै उहाँले समग्रमा आफ्नो भारत भ्रमण सकारात्मक, फलदायी एवम् नेपालको हितमा हुनेछ भन्नुभयो । भारत भ्रमणअघि नै सीमाङ्कन लगायत विषयमा सिफारिस गर्न राजनीतिक समिति निर्माण गरिने जानकारी दिँदै प्रधानमन्त्रीले सहमतिका आधारमा तीन महिनाको अवधिमा नमिलेका विषय मिल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– “संविधान अपरिवर्तनीय होइन, तथ्यका आधारमा संशोधन गर्नुपर्ने हुन्छ, हामीबीच खासै समस्या छैन, नेपालको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ, विकास निर्माणका निम्ति राष्ट्रिय एकताको प्रयास भएको छ र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि सघन छलफल हुन्छ” उहाँको कथन थियो ।

    संविधान जारी भएसँगै जनताका सङ्घर्षका प्रतिफल संस्थागत भएका, विकासनिर्माणका काम अघि बढाउने मार्गप्रशस्त भएको र सामाजिक न्यायका क्षेत्रमा उपलब्धि हासिल भएको उल्लेख गर्दै राष्ट्रलाई समृद्धिको बाटामा अघि बढाउने महायज्ञमा सबै नेपाली एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का सदस्य मुलुक सम्मिलित दक्षिण एसियाली खेलकुद ९साग०मा नेपाली पुरुष फुटबल खेलाडीले प्रथम स्थान हासिल गरेर मुलुकको गौरव र प्रतिष्ठा बढाएकामा सम्पूर्ण खेलाडी एवम् प्रशिक्षकप्रति बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले महिलातर्फको फुटबलमा पनि दोस्रो स्थान हासिल गरेकामा सबै खेलाडीमा हार्दिक बधाई ज्ञापन गर्नुभयो । साथै उहाँले सागमा पदक जित्ने अन्य खेलाडीमा पनि बधाई ज्ञापन गर्नुभयो ।

    बैठकमा गृहमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले तराई–मधेसमा कुनै किसिमको दमन नभएको स्पष्ट गर्दै सरकार मानवअधिकार रक्षाका निम्ति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

    मधेसवादी दलले बारा र महोत्तरीमा आन्दोलनकारीमाथि यातना, दमन र धरपकड गरेको आरोप लगाएपछि सरकारले त्यस्ता गतिविधि नभएको उहाँले स्पष्ट गर्नुभएको हो । मुद्दा फिर्ता, घाइतेको उपचार लगायत राज्यले वाचा गरेको प्रतिबद्धता पूरा भइरहेको उहाँले बताउनुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही फागुन ५ गते बिहान ११ बजे बस्नेछ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.