×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नेताहरुको प्रतिष्ठाको लडाइँ बन्दा अखिल महाधिवेशन लम्बियो

  •  
  • मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अध्यक्षका प्रत्यासीद्वय गौतम र लामा । तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

    फाल्गुन ४, २०७२- पार्टीका नेताहरुले प्रतिष्ठाको लडाइँ बन्दा एमाले निकट अनेरास्ववियुको महाधिवेशन लम्बिएर सात दिन पुगेको छ ।

    २७–२९ का लागि तोकिएको महाधिवेशनमा आफ्नो गुटलाई जिताउन नेताहरु नै भिडेपछि महाधिवेशन लम्बिएको छ । मनोनयन दर्ता मंगलबार सकिएकाले बुधबार बिहानदेखि मतदान सुरु हुने प्रचार विभाग प्रमुख अशेष घिमिरेले जानकारी दिए ।

    नेतृत्वका लागि उपाध्यक्ष दीपक गौतम र महासचिव नविना लामाले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । गौतमलाई माधवकुमार नेपाल र लामालाई संस्थापन पक्षको बलियो समर्थन छ ।

    दुई गुटका नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन भिडेरै लागेपछि महाधिवेशन झन् लम्बेतान हुँदै गएको छ ।  केही जिल्लाको प्रतिनिधि विवाद मिलाउनै ४ दिन लाग्यो ।
    एक विद्यार्थी नेताका अनुसार अखिल अधिवेशन प्रतिनिधिलाई भन्दा बढी पार्टीका शीर्ष नेतालाई लागेको छ । लामाको पक्षमा स्थायी कमिटी सदस्य शंकर पोखरेल, नेताहरु खिमलाल भट्टराई, भानुभक्त ढकाल, माधव ढुंगेललगायत पलेंटी कसेरै लागेका छन् ।

    गौतमको पक्षमा नेपाल पक्षका नेताहरु पार्टी उपमहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, प्रकाश ज्वाला, राजेन्द्र राईलगायतका नेताहरु प्रत्यक्ष जोडिएका छन् ।

    एमालेको प्रभावी संगठन अखिलको महाधिवेशनमा पार्टीको आगामी महाधिवेशनलाई झल्को दिने गरि नेतृत्व कब्जा गर्न पार्टी नेताहरु लागेपनि लम्बिंदै गएको हो ।

    तीन दिनमा ६० लाख खर्च गर्ने गरि तयारी भए पनि करोडभन्दा बढी नाघिसकेको छ । महाधिवेशनमा १५ सय ४३ प्रतिनिधि छन् । महाधिवेशनले १ सय ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

    लामा र गौतमको कडा टक्कर
    महाधिवेशनमा नेतृत्व दौडमा रहेका नविना लामा र दीपक गौतमबीच कडा टक्कर छ ।

    लामाको समूहमा उपाध्यक्षमा महेश बर्तौला, सुनिता बराल, रश्मि आचार्य र शैलेश लामा छन् । महासचिवमा ऐन महर, सचिवमा समिक बडाल, कमला बोहरा, आरसी लामिछाने, अमृत बुढा, दुर्गानन्द ठाकुर, मकर खड्का र वसन्त ढकाल छन् । कोषाध्यक्षमा झपिन्द्र खत्रीको उम्मेदवारी परेको छ ।

    गौतमको समूहबाट उपाध्यक्षमा राधिका खतिवडा, जीवन राई, सरोज यादव र नीलकण्ठ आचार्यको उम्मेदवारी परेको छ । महासचिवमा अब्दुल हुसेन खाँ तथा सचिवमा अशेष घिमिरे, सुदेश पराजुली, भक्तकुमारी लामा, भीम रावल, आरती लामा, गौतम राई, वसिम आलम छन् । कोषाध्यक्षमा कमल शाहीको उम्मेदवारी परेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.