कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २ गते । गत बैशाख १२ र २९गते गएको बिनाशकारी भूकम्पले प्रभाव पारेको गोरखा जिल्लाका बिभिन्न क्षेत्र समेटीएको फोटो जापानमा प्रदर्शन भएको छ ।
भूकम्पले बढी प्रभाव पारेको गोरखाको बारपाक, लाप्राक र सामागाउँमा भूकम्पले पारेको प्रभाव, राहत बितरण र पछिल्लो परिवर्तन र जनजीवनको विषयमा फोटोग्राफर भरतकुमार श्रेष्ठले खिचेको फोटो जापानको क्यूटोमा प्रदर्शनी गरिएको हो ।
विश्व खाद्य कार्यक्रमसंग आवद्ध श्रेष्ठले कामका शिलशिलामा उत्तरी गोरखा पुगेका बेला लिएका तस्बिरहरु प्रर्दशनीमा समाबेश गरीएको हो । फोटोलाई क्यूटोको युजी फ्रेन्डसिप क्लबको आयोजनामा प्रदर्शनी गरिएको हो ।
जनवरी २० देखि २४ सम्म गरिएको प्रदर्शनी दर्शकको माग र भूकम्प पिडित सहयोगको लागि एसियन–अफ्रिकन फिल्म फेस्टिवलका अवसरमा फेब्रुवरी ६ मा बुंक्यो यूनिभर्सिटीमा पनि प्रदर्शन गरिएको श्रेष्ठले जानकारी दिए ।
प्रदर्शनी कार्यक्रममा डा.केनिचि ताचिवानाले भूकम्प पछि गोरखाका नागरिकको अवस्था बारे जानकारी समेत गराएका थिए ।
नेपालका चेपाङबारे विद्यावारिधी गरेका डा.ताचिवानाको आग्रहमा आफूले प्रदर्शनीका लागि फोटो उपलब्ध गराएको र सबै आम्दानी भूकम्प पिडितको सहयोगका लागि खर्च गरीने श्रेष्ठले जानकारी दिए ।
गोरखाका भूकम्प पिडितको पीडा जापानसम्म (फोटो फिचर)
गोरखाका भूकम्प पिडितको पीडा जापानसम्म (फोटो फिचर)
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



