×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

वर्षा थेग्ने तयारी गर्दै भूकम्पपीडित

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – सुदीप कैनी, गोरखा
    ‘सरकारले दिएको १७ प्रकारको भूकम्पप्रतिरोधी घरको नक्सा मन परेन । दुर्गममा त्यस्ता घर बनाउने स्रोतसाधन पनि छैन’

    माघ २९, २०७२- वर्षातअघि पुनर्निर्माणको काम सुरु नहुने निश्चित भएपछि भूकम्प पीडितहरू वर्षा छल्ने तयारीमा लागेका छन् । हुरी–बतासदेखि झरीबाट जोगिन उनीहरू नौ महिनाअघि निर्मित अस्थायी टहरोको मर्मतसम्भारमा जुटेका हुन् ।

    ‘बर्खा सुरु हुन लाग्यो, घर बनाइदिने सुरसार छैन,’ गोरखा १४ का ईश्वरबहादुर बानियाँले भने । भत्केको भग्नावशेष घरका काठ र जस्तापाता प्रयोग गनेर मजबुत टहरो बनाउन लागेको उनले बताए । वर्षा र भलबाढीबाट जोगिन टहरोको मर्मतसम्भार आफैंले गर्नुको विकल्प नदेखिएको उनले बताए । ‘सरकारको भर परेर बसेर हुँदैन रहेछ ।

    जाडोमा लुगा किन्न दिने भनेको १० हजार अहिलेसम्म पाएको छैन,’ उनले भने । गोरखा र पालुङटार गाविसका पीडितलाई हालसम्म न्यानो कपडा किन्ने रकम वितरण गरिएको छैन । ‘ओत लाग्ने ठाउँ बनाउन पाए गुजारा चल्छ,’ उनले भने ।

    गोरखा १२ की छलुमाया परियार पनि अस्थायी टहरो भएकै ठाउँमा घर बनाउने तयारीमा छन् । ‘सरकारले दया धर्मले दिए हात थाप्नु पर्ला,’ उनले भनिन्, ‘नदिए ऋण काढेर घर बनाउन लागेका हौं ।’ वैदेशिक रोजगारमा गएका छोराले घर बनाउन सहयोग गर्ने उनले बताइन् ।

    ‘हिउँद वर्षा टहरोमा बसेर दिग्दार भइयो,’ उनले भनिन् । भत्केकै पुरानो घर मर्मत गर्न थालेको स्वाँराकी डिलकुमारी गुरुङले बताइन् । ‘भर्खर गाउँमा इन्जिनियरको टोली आएको छ,’ उनले भनिन्, ‘घर बनाइदिने त कहिले हो कहिले ।’ अस्थायी टहरोमा प्रयोग भएको त्रिपाल च्यातिन थालेपछि जस्तापाता हालेर बर्खे झरी थेग्ने टहरो बनाउन लागेको उनले बताइन् ।

    कतिपय स्थानका पीडितले धमाधम स्थायी प्रकृतिको घर बनाइरहेका छन् । ‘सरकारले दिएको १७ प्रकारको भूकम्पप्रतिरोधी घरको नक्सा हामीलाई मन परेन,’ बारपाककी टिलु घलेले भनिन्, ‘दुर्गममा त्यस्ता घर बनाउने स्रोतसाधन पनि छैन ।’ हिमाली क्षेत्रका लागि छुट्टै नक्सा हुनुपर्ने उनको माग छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.