कैलासबावु श्रेष्ठ/गोरखा
माघ २९ गते । गोरखा सदरमुकाममा बिगत ४ दिन देखी सञ्चालनमा आएको प्राकृतिक प्रकोप तथा पुनःनिर्माण सम्वन्धी तालिम सम्पन्न भएको छ ।
गोरखा जिल्ला सहिति लमजुङ्ग, कास्की, बाग्लुङ्ग र म्याग्दी बाट आएका १८ जना सहभागीहरुलाई सदमुकाममा तालिम दिइएको थियो ।
राष्ट्रिय सञ्चार बिकास केन्द्रको आयोजना तथा अष्ट्रेलियन राजदुताबासको आर्थिक सहयोगमा सञ्चालीत तालिममा प्रा.राम कृण्ण रेग्मी, श्रीराम सिंह बस्नेत र बिण्णु शर्मा पराजुलीले सहजिकरण गरेका थिए ।
तालिम माघ २४ गते देखी सञ्चालनमा आएको थियो ।





















