×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विदेशमा नेपाल आफैंले सेना पठाउने कि?

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – चन्द्रशेखर अधिकारी, काठमाडौं

    फाइल तस्बिर
    गोर्खाली सेनालाई ब्रुनाईको रक्षार्थ खटाएर बेलायतले करोडौं डलर कमाउँछ । अहिले भारतको प्रस्ताव उस्तै छ ।

    माघ २९, २०७२- बेलायतले नेपालीलाई आफ्नो सेनामा लिएर सिंगापुर र ब्रुनाईमा पठाउँदै आएको छ । त्यसबापत उसले ठूलो परिमाणमा रकम असुल्ने गरेको छ । विदेशी मुलुकको सुरक्षा सेवामा नेपाली युवालाई लैजानै दिने भए नेपाल आफैंले पहल किन नगर्ने ? यसबारे पनि एकथरीले चर्चा थालेका छन् ।

    नेपालले सन् २००६ मा राज्यस्तरबाट तीनवर्षे सम्झौता गरेर १ सय २० सैनिक जवान र दुई अधिकृतलाई यूएईको आबुधाबी पठाइएको थियो ।

    तीन वर्षपछि त्यो सम्झौता नवीकरण भएन । नेपालमा विवाद भएका कारण त्यसरी पठाउने प्रक्रिया रोकिएको थियो । ‘राज्यस्तरबाट सम्झौता गरेर पठाउँदा १ सय २२ जनाले मासिक दुई लाखभन्दा बढी कमाउने गरेका थिए । उनीहरू अझै त्यहीं कार्यरत छन्,’ यूएईका लागि तत्कालीन कार्यवाहक राजदूत मधुवन पौडेलले भने ।

    उनीहरू नेपाली सेनाबाट प्रशिक्षित भएपछि ६ महिना आबुधाबीमा थप प्रशिक्षण लिएर त्यहाँ नियुक्त भएका थिए । नियुक्ति पाएलगत्तै नेपाली सेनामा राजीनामा गराई उनीहरूलाई त्यहाँ पदस्थापन गरिएको थियो ।

    ‘यसलाई नेपाली सेनाले सकारात्मक रूपमा लिएन वा अन्य राजनीतिक दबाब आयो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘पछि त्यसै रोकियो ।’ उनीहरूले नेपाली सैनिकलाई राज्यले मागेजति राजस्व बुझाउनुका साथै माथिल्लो स्तरको पारिश्रमिक र उनीहरूकै सेनासरह सुविधा दिने सम्झौता थियो । ‘ती मुलुकमा एजेन्टबाट सुरक्षा गार्डमा काम गर्न जानेले एक वर्षमा कमाउने पारिश्रमिक सेनाबाट जानेले एक महिनामै पाउँथे,’ एक अधिकारीले भने, ‘मासिक दुई लाखभन्दा बढी रकम पाउने गरी व्यवस्थापन भएको थियो ।’

    ब्रुनाईका सुल्तानकहाँ गोर्खा सेना देखेका अरबका राजपरिवार तथा शेख, अमिरहरूले नेपाल सरकारसँग आग्रह गरेपछि यूएई र कुवेतमा पनि नेपाली सैनिक पठाउने प्रक्रिया अघि बढेको थियो ।

    कुवेतले ५ वर्षअघि नेपाली सेनाबाट सुरक्षाकर्मी लिने तयारी गरेको थियो । तर त्यो सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै त्यहाँको संसद्मा कुरा उठेपछि रोकिएको परराष्ट्र अधिकारीहरूले बताए ।

    कुवेतले आफ्नो राजपरिवारको कोर समूहको सुरक्षार्थ नेपाली सेनासँग बहालवाला सेना लिने बताएको थियो । कुवेतको सीमा सुरक्षाका लागि तीन हजारभन्दा बढी बंगलादेशी तैनाथ छन् । त्यसबापत कुवेतले बंगलादेशलाई ठूलो परिमाणमा राजस्व बुझाउने गरेको छ । हाल दुई हजारभन्दा बढी नेपाली सिंगापुर प्रहरीमा छन् । परिवारजनसमेत गर्दा पाँच हजार नेपाली सिंगापुरको एकै कम्पाउन्डमा बस्छन् ।

    ती अधिकारीले भने, ‘उनीहरू नेपाली सेनाको वा स्वतन्त्र रूपमा नभई बेलायती सेनामार्फत त्यहाँ पुगेका हुन् ।’ उनीहरूले पाउने सुविधा र पारि श्रमिक सम्मानजनक छ तर त्यसबापत बेलायतले अतिरिक्त लाभ पाउने गरेको छ । ‘यसबारे छलफल नै भएको छैन,’ परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ।भारत र ब्रुनाई बीच भएका कुरा पनि जानकारीमा छैनन् ।’

    मुलुकको हित हुने राम्रो काम हो भने सरकारी स्तरमा छलफल हुन सक्ने उनले बताए । प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतको औपचारिक भ्रमणमा पुगेर त्यहाँको मानार्थ सेनापतिको सम्मान लिएको दुई दिनअघि ब्रुनाई पुगेका भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले त्यहाँ गोर्खालाई पठाउन सकिनेबारे छलफल गरेका थिए ।

    पूर्वबेलायती गोर्खाजबाट सुरक्षा लिँदै आएको ब्रुनाईले भारतबाट यस्तो सुरक्षा चाहेको बुझेर त्यहाँका उपराष्ट्रपतिले प्रस्ताव गरेको हुनसक्ने अधिकारीहरू बताउँछन् । ‘कसले कहाँ कुन रूपमा प्रस्ताव राखे त्यो जानकारी छैन’ नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले भने, ‘नेपाली सेना अन्य मुलुकको सुरक्षार्थ पठाउने विषय राज्यले गर्ने निर्णयमा भर गर्छ । सेना स्वयंले यो काम गर्दैन ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.