×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३१ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विमानस्थलबाट कहाँ हराइन् मालती

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शम्भु कट्टेल
    फोटो :फाइल फोटो
    काठमाडौं: एक भियतनामी युवतीको राहदानीमा अर्कै व्यक्ति उडेपछि विमानस्थलका कर्मचारीले आलोचना खेपिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला नाटकीय ढंगले हराएकी छन् । शंकास्पद यात्रा भन्दै श्रीलंका अध्यागमनले फर्काइदिएकी नवलपरासीकी मालती विक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट माघ २४ गते एकाएक गायब भइन् ।
    इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयलाई बुझाउन ल्याउँदै गर्दा मालती हराएकी हुन् । श्रीलंका अध्यागमनले मालतीको राहदानीलगायत कागजपत्र इन्डियन एयरलाइन्सलाई जिम्मा लगाई सोही जहाजबाट उनलाई काठमाडौं फर्काइदिएको थियो ।
    इन्डियन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई जिम्मा लगाउनुको साटो मालती आफ्नो पन्जाबाट भागेको रिपोर्ट अध्यागमन कार्यालयलाई दिएको छ । तर एयरलाइन्सले मालतीको राहदानीलगायत कागजपत्र भने अध्यागमन कार्यालयलाई बुझाएको छ । उक्त एयरलाइन्सले जहाजबाट उत्रिएपछि अध्यागमन कार्यालयमा बुझाउन ल्याउँदै गर्दा मालती भागेको जानकारी दिएको छ ।
    अध्यागमन विभागका निर्देशक वासु घिमिरेले विमानस्थलबाट मालती फरार भएको पत्र प्राप्त भएको बताए । उनले अन्नपूर्णसँग भने, ‘विमानस्थलबाट फरार भएकोबारे हामी बुझ्दैछौं ।’ एयरलाइन्सले मालती भागेकोबारे प्रहरी र अध्यागमनलाई ढिला गरी जानकारी गराएको स्रोतले बतायो ।
    पक्राउ पर्ने डरले मालतीले एयरलाइन्स र अध्यागमनलाई झुक्याएर भागेको हुनसक्ने आशंका गरिए पनि आर्थिक लेनदेन र सेटिङमा उनलाई भगाइएको दाबी विमानस्थल स्रोतले गरेको छ । उनी बिनाराहदानी अध्यागमनको आगमन (अराइभल) कक्षबाट समेत बाहिर आउनु शंकास्पद देखिएको छ । बिनाराहदानी अध्यागमनको आगमन कक्षबाट छिर्नसक्नु ठूलो लापरबाही हो ।
    आगमन कक्षमा प्रहरी र अध्यागमन अधिकारीहरू यात्रुको निगरानी गर्न खटिएका हुन्छन् । यात्रुको चाप भएका बेला प्रहरी र अध्यागमनका कर्मचारीले यात्रुलाई क्रमबद्ध मिलाएर मात्र आगमन छापका लागि अध्यागमन कक्षमा पठाउँछन् । अध्यागमन अधिकृतले यात्रुले भरेको विवरण हेरेपछि राहदानीमा आगमन छाप लगाइदिन्छन् ।
    तर मालतीले न आगमन फाराम भरिन्, न त अध्यागमनको आगमन कक्षमा नै गइन् । बिनाराहदानी उनले अध्यागमन पार गरिन्, त्यो पनि आश्चर्यजनक ढंगले ।
    त्यस्तो सुरक्षा संवेदनशील क्षेत्रबाट मालती भाग्नु रहस्यमय बनेको छ । ‘अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीको सेटिङबिना कुनै यात्रु भाग्नु असम्भवप्रायः हुन्छ’, अध्यागमन कार्यालयका एक अधिकृतले भने, ‘उनी कसरी भाग्न सफल भइन्, हामीसमेत आश्चर्यमा परेका छौं ।’
    इन्डियन एयरलाइन्सले मालतीको ०५७८८२५१ नम्बरको राहदानी र अन्य कागजपत्र विमानस्थलस्थित अध्यागमन कार्यालयलाई बुझाएको छ । भारतको राजधानी नयाँदिल्लीबाट श्रीलंका हुँदै कुवेत जान लागेकी मालतीलाई श्रीलंकाको अध्यागमनले यात्रामाथि शंका गर्दै फर्काइदिएको थियो । उनी माघ २२ गते शुक्रबार भारतको नयाँदिल्ली हुँदै श्रीलंका गएकी थिइन् ।
    यसअघि पुस २७ गते भियतनामी युवती ले थि किमतुको राहदानीमा अर्कै व्यक्ति उडेकी थिइन् । त्यसबारे गृह मन्त्रालयले छानबिन गरिरहेको छ । गृहमन्त्री शक्ति बस्नेतले अर्काको राहदानीमा उडेको व्यक्तिलाई प्रस्थान अनुमति दिने व्यक्तिलाई कारबाही गर्ने बताए ।
    बस्नेतले अन्नपूर्णसँग भने, ‘त्यसबारे छानबिन हुँदैछ । दोषीलाई कारबाही गरेरै छोड्छु ।’ किमतुको बी २४५५५७९ नम्बरको राहदानीबाट अर्कै व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.