कैलासबावु श्रेष्ठ/गोरखा
माघ २९ गते । गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पछि उत्तरमा रहेको २ ठाडो खोला थुनिएर खोलीदा सिर्दीबासको यारु बगरलाई पुरयाएको क्षेति पछि उत्तरी गोरखा जाने मुख्य मार्ग नै अबरोध भएको भन्दै बिदेशी दातृ निकायले उत्त क्षेत्रमा क्यान्टीलिबर पुल बनाईदिने भएको छ ।
नेपालका लागि डिएफआईडीका प्रमुख डा.गेल मारजेटी सहितको एक टोलीले बुधबार प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी र जिल्ला प्राबिधीक कार्यालयका प्रमुखलाई भेटी हार्फ टर्नेल र क्यान्टीलिबर मध्ये कुनै एक प्राविधी मार्फत आफुहरुले उत्त क्षेत्रमा काम गर्न चाहेको बताए पछि बिहीबार बसेको राजनैतिक दलहरुको सर्ब दलिय बैठकले क्यान्टीलिबर प्रबिधीको पुल बनाउन सहमती जनाए पछि दातृ निकायलाई काम गर्ने बाटो खुल्ला भएको छ । 
उत्तरी गोरखाको ७ गाउँ बिकास समिति जाने मुख्य मार्गको रुपमा चिनीएको यारु बगरलाई तिब्बत बाट आउने ठाडोखोला ३ दिन सम्म थुनिएर खोलीदा १ सय ६० मिटर भन्दा बढी बगर बगाएर बगाएको थियो । सोही बगर बगाए पछि तत्काल उत्तर जाने र आउने मानिसले ३ दिनको यात्रा बढी तय गनुपर्ने थियो । 
पानीको बहाव कम हुदैगए पछि अहिले दुई भिन्न स्थानमा फड्के हालेर आउने जाने गरेको भएता पनि बर्षा अगाडी नै दिर्घकालीन समयका लागि आउ जाउ गर्ने बाटो चाहिने भए पछि उत्त स्थानमा पुन बन्न लागेको हो । 
नेपालका लागि डिएफआईडीका प्रमुखका अनुसार क्यान्टीलिबर प्राविधीको पुल काम थालेको २ महिनामा सम्पन्न हुने छ ।
उत्त क्षेत्रका सर्व साधारणहरुले पानीको बहावलाई परिवर्तन गरेर वगरबाटै आवत जावत गर्न अनुरोध गरेको भएता पनि बर्षा हुनासाथ के हुन्छ थाहा नहुने भएकोले अस्थायी प्रकृतीका काममा दातृ निकायले काम नगर्ने हुदाँ पुल बनाउन लागेको डिएफआईडीका गोरखा प्रतिनिधी कृण्ण देवकोटाले जानकारी दिए । 
बगर संगै रहेको चट्टान अन्य स्थानको भन्दा कडा भएको कारण हार्फ टर्नेलका लागि बिष्फोटक पदार्थ प्रयोग गरी ढुङ्गा काट्ने काम गनुपर्ने भए पछि र बिष्फोटक पदार्थ लिने कामका लागि महिनौ कागजी प्रकृया लाग्ने भए पछि सर्व दलिय बैठकले क्यान्टीलिबर प्राविधीको पुलका लागि सहमती जनाएका हुन ।
यो प्राविधीका लागि कम जनशक्ति लाग्ने चाढो हुने भन्दै आउदो बर्षा अगाडी नै काम सम्पन्न गर्ने टोलीमा आउनु भएका सुमन बैद्यले जानकारी दिए । इन्फास्टक्चर एडभाईजर समेत रहेका बैद्यले यो पुल उत्तरी गोरखा जाने पर्यटकका लागि समेत उत्साहजनक हुने बताए । यो कामका लागि नेपालमा नै पाइने प्रबिधी धेरै प्रयोग हुने छ ।
डा.मारजेटी संगै आएको पर्यटन सम्वन्धी क्षेत्र हेर्ने सामार्थको समेत सहभागीता रहेको थियो । 
यारु बगरमा क्यान्टीलिबर पुल बन्ने
यारु बगरमा क्यान्टीलिबर पुल बन्ने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



