×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गम्भीर बिरामी सुशीललाई किन अस्पताल लगिएन ?

  •  
  • बिहिबार, माघ २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दीपा दाहाल

    फोटो :फाइल फोटो
    काठमाडौं: पाँच मिनेटको दूरीमा पनि नपर्ने चारैतिर अस्पतालले घेरिएको, निजी चिकित्सकको निगरानी भएको र सहयोगीका साथ सुविधा सम्पन्न निवासमा बिरामी परेर थलिएका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको भन्दै चर्को आलोचना भएको छ ।
    वरिष्ठ चिकित्सक, कानुनविद्, नागरिक अगुवा, राजनीतिकर्मी, सर्वसाधारणसम्मले कोइरालाको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै आलोचना गरेका हुन् ।
    अधिकांशले मंगलबार र बुधबार फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमार्फत धेरै दिनदेखि बिरामी परेका कोइरालालाई ‘बेड बुक’ गरेर पनि अस्पताल भर्ना नगरिनु, निदारमा चन्दन थुपार्नु, सिरकमा रगतको टाटा देखिनुु, मृत्युको कारणबारे निजी चिकित्सक र सहयोगीको फरकफरक भनाइ बाहिर आउनु आफैंमा शंकास्पद भएको भन्दै यसबारे खोजीनिती हुनुपर्ने आवाज उठाएका छन् ।
    कतिपयले त कोइरालाको मृत्यु नभई हत्या भएको भन्दै ‘पोस्टमार्टम’ गर्नुपर्ने आवाज उठाइरहेका बेला दाहसंस्कार गरिएको टिप्पणी गरेका छन् । कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि दिन उपस्थित पार्टी नेताकार्यकार्ताले समेत बुधबार बारम्बार एउटै प्रश्न गरे, ‘सुशील दालाई किन अस्पताल नलेगिएको होे ? ’
    पार्टी उच्च नेताले यो प्रश्नको जबाफ दिन सकेनन् भने परिवारका मुख्य सदस्य पनि चुप रहे । उनी पुष्टि भएका पाँच प्रकारका रोगमा १५ थरीका औषधि खाँदै थिए । केही समययतादेखि कोइराला राजनीतिक दौडमा निकै व्यस्त रहे ।
    जिब्रोको क्यान्सर उपचार गरेपछि कोइरालालाई फोक्सोमा पनि क्यान्सर देखिएको थियो । फोक्सोको क्यान्सर हुुनु पहिलै उनलाई फोक्सो फुल्ने दम ‘ब्रोङकाइटिस’ पुष्टि भएको थियो । फोक्सो खुम्चने ‘आईएलडी’ रोगसमेत कोइरालामा थियो ।
    आधा फोक्सो फुलेको र आधा खुम्चिएको शरीरमा रुघाखोकीको समस्या लिएर उनले राजनीतिक दौडधुप जारी राखेका थिए । पछिल्लो समय रुघाखोकीसँगै ज्वरो आउन थालेपछि उनी घरमै सुतिरहेका थिए ।
    यस्तो बेला उनका निजी चिकित्सकले उपचारका लागि अस्पताल भर्ना गर्नुपर्ने सल्लाह परिवारका सदस्यलाई नदिएको हो वा उनी आफैंले बेवास्ता गरेका हुन् ? भन्ने प्रश्नसमेत तेर्सिएका छन् । निजी चिकित्सक करवीरनाथ योगीकै शब्दमा ‘उहाँले मेरो फुर्ती हरायो भनेको करिब चार दिनदेखि ज्वरो आउन थालेको थियो ।’
    वरिष्ठ चिकित्सकले महत्त्वपूर्ण व्यक्तिको उपचारमा खटिएका चिकित्सक र परिवारका सदस्यबाट उनको स्वास्थ्य संवेदनशीलतालाई पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाएका छन् । ‘महत्त्वपूर्ण होस् या सामान्य व्यक्ति जो पटकपटक बिरामी परिरहेको छ भने उसको २४ सै घन्टा निगरानीमा चिकित्सक बस्नु र्ने दायित्व हुन्छ ।
    तर यहाँ गम्भीर लापरबाही भएको छ । अब त्यस्तो दुःखद घटना अन्य व्यक्तिमाथि नहोस्’, राजधानीकै अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकले अन्नपूर्णसँग भने, ‘अनेक थरी रोगमा अनेक थरी औषधि खाइरहेका व्यक्तिका निजी चिकित्सकको क्षमता र चासो कति थियो भन्ने प्रश्न खडा भएको छ । यसको खोजीनिती हुनुपर्छ ।’
    कोराइराला परिवार निकटका अर्का एक चिकित्सकका अनुसार परिवारका सदस्यबाट गम्भीर बेवास्ता भइरहेका बेला निजी चिकित्सकले समेत चासो नदिँदा उनलाई समयमै अस्पताल नलगिएको हो ।
    ‘परिवारका मुख्य सदस्य राजनीतिक दौडधुपमा व्यस्त थिए । सहयोगीले उहाँको स्याहार गरिरेहका थिए । निजी चिकित्सकलाई पनि सहयोगीले पटकपटक फोन गरेर बोलाउँथे । कम्तीमा कोइराला गम्भीर भएका बेला २४ सैं घन्टा निगरानीमा उनी बस्न सक्थे नि ? ’ ती चिकित्सकले भने, ‘म भएको त्यसो गर्ने थिइनँ । उनले कोइरालाजस्ता महत्त्वपूर्ण व्यक्तिको हिफाजत गर्न नजानेकै हुन् ।’
    आलोचकले पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति बिरामी पर्दा चिकित्सकले सूचना प्रवाह गर्न ढिला गर्नु अर्को लापरबाही भएको तर्क गरेका छन् ।
    चिकित्सक समीर शर्माले ट्विट गरेका छन्, ‘सुशील कोइरालाको अस्वाभाविक मृत्युका विषयमा निजी चिकित्सक करवीरनाथ योगीले मुख खोल्नैपर्ने देखिन्छ । कोइरालाको पोस्टमार्टम पनि हुनु जरुरी थियो । मृत्यु भनी प्रमाणित नहुन्जेल त्यो हत्या नै हो । शंका गर्नु जनताको अधिकार हो । शंका निवारण गर्नु सरकारको कर्तव्य हो ।’
    अर्का चिकित्सक सुधांशु केसीले पनि ट्विट गरेका छन्, ‘सुशील कोइरालाले आफ्नै निवासमा देह त्याग गर्नु चिकित्सकको हिसाबले उचित लागेन । दिन बित्दै जाँदा त अरू रहस्यमय होला जस्तो छ । पहिले पनि बुझ्न गाह्रो, अहिले पनि उत्तिकै ।’
    कतिपयले लड्दा कोइरालाको निधारमा चोट लागेको हुनसक्ने तर राजनीतिक वा व्यक्तिगत स्वार्थका कारण लुकाइएको हुनसक्ने आशंका गरेका छन् । कोइरालाका निजी चिकित्सक योगीले भने कोइराला कतै पनि नलडेको दाबी गरेका छन् । उनले भने, ‘लडेको नभई लरबराउनुभएको हो ।’ कोइरालाको निधनपछि मंगलबार अन्नपूर्णसँगको कुराकानीमा उनले त्यसो भनेका थिएनन् ।
    उनले ज्वरो बढेपछि शिक्षण अस्पतालको ६०१ नम्बरको ‘बेड बुक’ गराए पनि एन्टिबायोटिक दिएपछि अवस्था सामान्य भएपछि क्यान्सिल गर्न पठाएको बताएका थिए ।
    योगीले कोइरालाको निधन भएको रात कोइराला निवास महाराजगन्ज तीनपटकसम्म ओहोरदोहोर गरेको बताएका थिए । तर एकजना वरिष्ठ चिकित्सकले भने, ‘स्वास्थ्य अवस्था अस्थिर रहेका व्यक्तिलाई छाडेर निजी चिकित्सक डा.योगीलाई पटकपटक घर जानुपर्ने आवश्यकता के थियो ? किन उनले कोइरालाको स्वास्थ्यलाई संवेदनशील रूपमा लिएनन् ? ’
    उनले कोइराला गम्भीर अवस्थामा पुगेपछि पाँच मिनेटको दूरीमा रहेको शिक्षण अस्पतालमा लग्न एम्बुलेन्स मगाउन खोज्दा फोन नलागेको बताएका थिए । तर कोइराला चढ्ने र सुरक्षाका गाडी निवासमै थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.