×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोइराला बाथरुममा लडेका थिए

  •  
  • बिहिबार, माघ २८, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २७, २०७२- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम श्रद्धाञ्जली दिन उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले बुधबार पनि बारम्बार एउटै प्रश्न गरेे,’सुशील ‘दा’लाई किन अस्पताल लगिएन ?’ यसको जबाफ दिने त्यहाँ कोही भएनन् । पार्टीका नेताहरु यस्ता प्रश्नको घेराबन्दीमा बारम्बार परिरहँदा उनीहरु प्रतिक्रियाविहिन भएर शीर निहुराएका थिए ।

    पूर्वप्रधानमन्त्री र पार्टीको सभापति गम्भिर अवस्थामा विरामी पर्दा राज्यलाई र आम पार्टीका कार्यकर्तालाई जानकारी हुनुपर्छ कि पर्दैन ? एक केन्द्रीय सदस्यले  कान्तिपुरसंग भने,’परिवारका सदस्यहरुले आफ्नो स्वार्थका लागि कोइरालाको विरामी लुकाएर राखे ।’ पार्टीका नेता र आम कार्यकर्ताहरु  महाधिवेशनका बेला नकारात्मक सन्देश जाने भयले अस्पताल नगली कोइरालालाई घरमै राख्न बाध्य पारिएको बताउँछन । परिवारका सदस्यहरुले औपचारिक रुपमा कार्यकर्ताहरुको यो आक्रोशको जबाफ दिएका छैनन् ।

    स्रोतका अनुसार कोइराला सोमबार बेलुका ९ बजे बाथरुममा जाँदा रिंगटा लागेर लडेका समेत थिए । उनको निधारमा समान्य चोट लागेको थियो । तर, परिवारका सदस्यहरुले सिमित नेताहरुसँग दुई दिनअघि लडेको दावी गर्दै आएका छन् । चोट लागेको भागमा चन्दन लगाए छोपिएको थियो । लडीसकेपछि पनि अस्पताल नलैजानुलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले रहस्यको रुपमा लिएका छन् ।

    महाधिवेशनका तनावका कारण कारण कोइराला केही दिनदेखि निदाउन समेत सकेका थिएनन । निदाउन नसकेपछि परिवारका सदस्यहरुले चिकित्सकको सल्लाह विपरित उनलाई निद्रा लाग्ने औषधि समेत खुवाएका थिए । ‘औषधि दिएपछि सुशील ‘दा’ मस्त निदाउनु हुन्थ्यो । हामीलाई उहाँको शरीरलाई आराम होला भन्ने सोचेर निद्रा लाग्ने औषधि दिएका थियौं’ कोइरालाका एक सहयोगीले भने,’तर चिकित्सक करवीरनाथ योगीले त्यसले फोक्सोमा असर गर्छ भनेपछि मात्रै थाह भयो ।’

    कोइराला निकट सदस्यहरु १३ औं महाधिवेशनमा सुशीललाई सभापतिको उम्मेदवार बनाउन चाहेका थिए । माघ १७ गते संस्थापन पक्षबाट कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल गर्न कोइरालाले आफ्नै निवासमा पदाधिकारी र केही केन्द्रीय सदस्यहरुको बैठक समेत गराएका थिए ।  छलफलका क्रममा कोइराला स्यंमले सभापति हुने/नहुने केही बताएका थिएनन् । तर, भित्री आकांक्षा कोइराला परिवारमै पार्टीको विरासत विसाउन कोइराला उम्मेदवारी बन्ने तयारी गर्दै थिए । कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री द्धोय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु रामशरण महत र अर्जुननरसिंह केसीसहितका नेताहरुबीच भएको छलफलमा सभापतिको उम्मेदवारको बिषयमा सहमति नभएपछि पुनः २६ गते बस्ने बैठक बस्ने भनेर टुंगिएको थियो ।

    २५ गते जिल्लाका अधिवेशन सकिएपछि उम्मेदवार तय गर्न छलफल गर्ने योजनामा कोइराला थिए । बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह राजधानीमै थिए । उनीहरुलाई पनि कोइरालाको गम्भिर अवस्थाका बारेमा जानकारी गराईएको थिएन । परिवारका सदस्यहरुसंग मात्रै परामर्श भइरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल स्वास्थ्य तलमाथि भईरहने गरेको बताउँछन । ‘चिसो हुँदा गल्ने र घाम लाग्दा अघिपछिजस्तै क्रियाशील हुने गर्नुहुन्थ्यो’ रिजाल भन्छन,’तर यस्तो अवस्था होला भनेर हामीले सोचेेका पनि थिएनौं ।’ साढे दुई बजे निधनको खवर भतिज अतुलले जानकारी गराउँदा आफैले विस्वास नलागी अन्त्यैबाट घट्ना पुष्टी गरेको रिजालले बताए । ‘सभापतिमा आफै उठ्नु भयो भने फागुन लागेपछि १०/१२ जिल्लामा जाने  र आफै नउठेपनि सहयोग जुटाउन ५/७ जिल्लामा जानुपर्छ भन्ने थियो’ रिजालले भने,’उहाँको स्वास्थ्य अवस्था क्रोनिकनै थियो । तर, अहिल्यै यस्तो होला भन्ने लागेको थिएन ।’

    कोइराला केही समयदेखिनै बिरामी थिए भन्ने जानकार परिवारका सदस्यहरुलाई नभएको होइन । पार्टीको महाधिवेशन देशभरी चलीरहेका बेला कोइरालाको अस्पताल भर्नाले नकारात्मक सन्देश जाने सोचले उहाँलाई अस्पताल भर्ना गरिएको थिएन । कोइराला निकट केन्द्रीय सदस्य बलवहादुर केसी पूर्व प्रधानमन्त्री र पार्टीको सभापतिजस्तो व्यक्ति विरामी पर्दा राज्यले थाह नपाउनु दुःखको कुरा भएको बताउँछन । २४ गते विहान सोलुखोम्बुको महाधिवेशनका बिषयमा कोइरालासंग कुराकानी भएको स्मरण गर्दै केसीले आफूलाई अन्तिम अवस्थामा पुग्नेगरी विरामी भएको भन्ने थाह नभएको बताए । ‘उहाँलाई अस्पतालनै लैजानुपर्दथ्यो, नीजि चिकित्सकले के गरे ? किन लगेनन ? भित्री कुरा थाह भएन’ उनले भने,’जिल्ला अधिवेशनको मत गणना हुँदाहुदै निधनको खवर आउँदा ‘सक’ नै भए । अस्पताल लगेको भए अहिले उठेका दश खालका आशंका पनि उठ्ने थिएन ।’ नीजि चिकित्सक करवीर योगीले सहिद गंगालालको ६०१ नम्वर कोठा बुक गरेको समेत जानकारी गराएका छन् । अस्पताल लैजाने तयारी गरिएको बताउदै तत्काल एम्बुलेन्स नपाएको जानकारी समेत योगीले गराएका छन् । जवकि कोइरालाका चढ्ने र सुरक्षा चढ्ने गाडीनै निवासमा थिए । कोइराला बसेका निवासबाट ५ मिनेटकै दुरीमा अस्पताल छन् । ‘निधननै भएपछि अस्पताल लगेर भेन्टीलेटरमा राखेर भएपनि राष्ट्रलाई जानकारी दिनुपर्दथ्यो’ पार्टीका एक पदाधिकारीले भने,’शंका, उपशंका भन्दापनि हेलचक्राई भएको देखियो ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.