×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एक कार्यकर्ता जसले सुशील कोइरालालाई नुन किनिदिएका थिए

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/उज्यालो ।

    गोरखा, माघ २७ – नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेलाई सुशील कोइरालाको सचिवालयबाट माघ २१ गते बिहानै फोन आयो । फोन गर्नेले सभापति तपाईसँग कुरा गर्न चाहनुहुन्छ भने ।

    तर बिचमै फोन काटियो, पछि उतैबाट फोन आयो । फोनवार्ताका क्रममा भएको कुराकानी सम्झेर घले छिनमै रोमाञ्चित हुन्छन्, फेरि एकैछिनमा भावुक हुन्छन् । माघ २२ गते देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन थियो ।

    त्यसको अघिल्लो दिन सचिवालय मार्फत फोन गर्न लगाएर सुशील कोइरालाले के भनेका थिए त ? घले भन्छन् ‘उहाँले सबैलाई मिलाएर महाधिवेशन प्रतिनिधि छान्नु र जिल्ला कार्यसमिति पनि सहमतिमै बनाउन पहल गर्न भन्नुभयो ।’ तर घलेले कोइरालाको कुरामा प्रतिवाद गर्दै अरु पदमा जे जे भएपनि जिल्ला सभापति यो पटक पनि आफूनै हुने बताए ।

    ‘सुशील दाइ, अरु कुरामा म मिलाउँछु, तर मिल्ने र मिलाउने नाममा मलाई सभापति नउठेस् नभन्नुहोला’  संस्थापन पक्षका र विशेष गरी कोइरालाका असाध्यै प्रिय नेता घले भन्नुहुन्छ ‘मैले २५ गते चुनाव जितेर २६ गते तपार्इंलाई भेट्न काठमाडौं आउँछु भनेको थिएँ ।’

    तर संयोग कस्तो भयो भने कडा प्रतिस्पर्धाका बिच सभापतिमा दोस्रो कार्यकालका लागि चयन भएका घलेले चुनाव जितेको नतिजा आउनु र कोइरालाको निधन हुनु लगभग एकै समयजस्तो भयो । सदरमुकाम गोरखा बजारमा रहेको जिल्ला पार्टी कार्यालयमा भएको मतगणनाको परिणाम सार्वजनिक भएपछि एकैछिन कार्यालय पुगेका घले केहीबेरमै नजिकै रहेको डेरामा फर्किए । डेरामा फर्केर सुत्ने तर्खर गर्दैगर्दा राति पौने २ बजेतिर उनले त्यो दुखद खबर थाहा पाए । जिल्ला अधिवेशनका क्रममा सदरमुकाममै रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई फोन गरेर खबर सुनाए, पाण्डेले औपचारिक रुपमा खबर नआउञ्जेल हल्ला नगर्न भनेपछि उनी मनमनमा अनेक कुरा खेलाउँदै बसिरहे ।

    ‘सुशील दाइसँग भएका अनेक भेटघाट र कुराकानीहरु सम्झिएँ’ घलेले भन्नुभयो ‘कति पटक उहाँसँग झगडा गरियो, कति पटक घुर्काइयो, दोस्रो पटक सभापति निर्वाचित भएर भेट्न आउँछु भनेको थिएँ, सबै त्यस्तै भो ।’

    गोरखा कांग्रेसका सभापति घले त्यस्ता भाग्यमानी नेता हुन् जो कांग्रेसको केन्द्रीय राजनीतिमा नपुगेपनि कोइरालासँग सिधा सम्पर्कमा थिए । ‘प्रधानमन्त्री भएका बेला पनि म भेट्न गएँ भने बालुवाटारमा होस् वा सिंहदरबारमा, उहाँसँग सहजै भेटघाट हुन्थ्यो ।’

    घलेकै आग्रहमा कोइराला कांग्रेसको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्न जिल्ला आएका थिए । त्यसो त गएको जेठ २१ गते नै कार्यालय उद्घाटन गर्न आउँछु भनेका कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा समेत रहेका कारण आउन सकेनन् । दोस्रो पटक पुष १८ गतेको मिति तोकियो र घलेले पार्टी कार्यालय निर्माणमा सघाएकालाई दिने प्रशंसापत्रमा हस्ताक्षर समेत गरेर ल्याएका थिए ।

    पोखरामा भएको कार्यक्रमबाट गोरखा आउने योजना बनाएका कोइराला सिधै काठमाडौं फर्किए । त्यसपछि भएको फोनवार्ता सम्झँदै घले भन्छन् ‘मैले सिधै फोन गरेर, तपाईं गोरखा नआउने भए तपाईंले हस्ताक्षर गरेको प्रमाणपत्र अभिलेखका रुपमा कार्यालयमा राखेर अर्कैलाई प्रमुख अतिथि बनाउँछु ।’

    आफूले असाध्यै मन पराएका कार्यकर्ताले घुक्र्याएपछि कोइराला पुष २७ गते एकता दिवसको दिन जिल्ला आएर पार्टी कार्यालयको उद्घाटन गरे, हतार हतार फर्फिएका कोइरालाले त्यतिबेला भनेका थिए ‘तपाईहरुसँग मैले भन्नुपर्ने कुरा धेरै छ, अर्को पटक आएर धेरै कुरा गरौंला ।’ त्यसो भनेर फर्किएका कोइराला अब कहिल्यै गोरखा आउँदैनन् भन्ने सम्झँदा पनि सभापति घले निसासिन्छन् ।

    खासमा नेता कृष्णप्रसाद भट्टराई मार्फत कांग्रेसका शीर्ष नेतासँग जोडिएका गोरखा बारपाकका हरिबहादुर घले र उनको परिवारपछि पार्टीको महामन्त्री भएका बेला कोइरालासँग नजिकिएको थियो । पहिलो कार्यकाल सभापति भएका बेला सिन्धुपाल्चोकमा भएको पार्टी सभापतिको भेलापछि एउटा प्रसँगमा आफूले कोइरालासँग बाझाबाझ नै गरेको प्रसँग सम्झिँदा घले अहिलेपनि ग्लानी महशुस गर्छन् । कारण, पार्टीको जिल्ला सभापतिले त्यस्तरी हप्काउँदा पनि उहाँले गम्भीर भएर कुरा सुनिरहनुभएको रहेछ ।

    कोइरालाको सादगी जीवनशैलीबाट प्रभावित घले आफूलाई पनि त्यही अनुसार ढाल्ने अभ्यासमा छन् । व्यक्तिगत सुखसुविधा र सरसम्पत्तिप्रति घलेलाई पनि खासै मोह छैन । कोइरालासँगको पटक पटकका भेटघाटमध्ये के कुरा घरिघरि सम्झनुहुन्छ भनेर सोध्दा घलेले एउटा प्रसँग सम्झिए । त्यतिबेला कोइराला र हालै दिवंगत अर्का नेता वीरेन्द्र दाहाल काठमाडौंमा सँगै डेरा गरेर बस्नुहुँदो रहेछ ।

    घले गोरखाको मनकामना दर्शन गरेर, दुई कार्टुन सुन्तला कोसेली बोकेर कोइरालालाई भेट्न काठमाडौं गएछन् । ‘त्यतिबेला उहाँहरुको डेरा भएको घरमा प्रेस पनि थियो’ घले सम्झन्छन् ‘प्रेसमा दुई तीनजना तराई मूलका भाइहरु काम गर्थे र कोइराला तथा दाहाललाई सघाउँथे पनि ।’

    घले डेरामा पुगेको त्यो दिन कोइरालाको भान्छामा नुन सकिएको रहेछ । भान्छामा काम गर्ने सहयोगी नुन किन्ने पैसाको लागि दाहाललाई भन्दा रहेछन्, दाहाल कोइरालासँग माग्नु भन्नुहुँदो रहेछ, अनि कोइराला दाहालसँग ।

    ‘मलाई लाग्यो, दुबैजनासँग पैसा छैन, अनि मैले नुन किन्ने पैसा दिएको थिएँ ।’ जिल्ला सभापति जितेपछि माघ २६ गते काठमाडौं आएर तपाईलाई भेट्छु भनेका घले एकदिनपछि अर्थात माघ २७ गते बिहानै काठमाडौं त जाँदैछन्, तर जसलाई भेट्न आउँछु भनेका थिए, उनैलाई श्रद्धाञ्जली चढाउन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.