×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

के थियो कोइरालाको मृत्युको कारण

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २६, २०७२- पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधन निमोनियाँलगायत रोगका कारण भएको चिकित्सकहरूले बताएका छन् ।

    कोइरालाको उपचारमा संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा.करवीरनाथ योगीका अनुसार मुख्य रूपमा निमोनियाँले गर्दा कोइरालाको निधन भएको हो । कोइरालालाई ५ साताअघिसमेत रुघाखोकीको समस्या देखिएको थियो । चार साताअघि निमोनियाँ भएपछि एन्टिबायोटिकले उपचार गरेर नियमित अक्सिजन दिइराखिएको थियो ।

    डा.योगीले कोइरालाको मृत्युको कारकमा दम (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज-सिओपिडी) को तीव्र प्रकोप, सामुदायिक कारणले हुने निमोनियाँले गर्दा भएको श्वासप्रश्वाससम्बन्धी असफलता, क्षयरोग, विकिरण उपचारले हुने पोस्ट रेडिएसन फाइब्रोसिस र फोक्सो खुम्चिने समस्या (इन्टरस्टिटल लङ डिजिज-आईएलडी) लगायत रहेको बताए ।

    जिब्रो र फोक्सोको क्यान्सर भए पनि उचित उपचारपछि कोइराला पछिल्लो समय क्यान्सरमुक्त थिए । चार-पाँचवटा पुरानो रोगबाट प्रभावित रहेका कोइरालामा ३ दिनअघि रुघा, नाकबाट पानी आउने, खोकी, ज्वरोलगायत समस्या देखिएका थिए । उनको खुट्टासमेत सुन्निएको थियो । यसैले कोइरालाको इको, इसिजिलगायत मुटुरोग विशेषज्ञसँग समेत देखाइएको डा.योगी बताउँछन् ।

    ‘उहाँलाई निमोनियाँको उपचारका क्रममा तीनवटा एन्टिबायोटिक चलाइएको थियो,’ डा.योगीले भने, ‘नियन्त्रणमा नआए अस्पताल नै भर्ना गर्ने मनसायले त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बरको बेडसमेत बुक गरिएको थियो ।’

    तर सोमबार बिहान कोइरालाले एक कचौरा खाना खाए । अनि दिउँसो फेरि कर गर्दा दुई कचौरा खाए । ‘राम्रो हुँदै गएको छ भन्ने भयो, अरू भाइटल्स (जीवनका लागि आवश्यक संकेत) पनि राम्रै थियो,’ डा.योगीले भने, ‘त्यसपछि खाना खान थाल्नुभयो, निको हुँदै गएकाले भर्ना नगरौं भनेर शशांक दाइ, हामीहरूबीच सल्लाह भएर टिचिङको बेड क्यान्सिल गरायौं ।’

    यसपछि कोइरालालाई अस्पताल भर्ना गरिएन । डा.योगीले सोमबार साँझसमेत गएर कोइरालालाई हेरेर करिब पौने १० बजेपछि घर फर्के । कोइरालासँगै रहेका भतिजा अतुल कोइरालाले सोमबार राति नै फेरि डा.योगीलाई फोन गरेर अक्सिजनको स्याचुरेसन घट्न थालेकाले एकचोटि हेर्न आग्रह गरे ।

    ‘मैले अतुललाई अक्सिजन अलि बढाउनुस् म आउँछु भने,’ डा.योगीले भने, ‘म पुग्दा प्रेसर पनि धेरै घटिसकेको थियो, अक्सिजन पनि धेरै कम ६० को रेन्जमा पुगिसकेको थियो । बेसुर जस्तै हुनुहुन्थ्योे ।’
    आफूले एन्टिबायोटिकको एक डोज इन्जेक्सन लिएर गएको जनाउँदै डा.योगीले भने, ‘एन्टिबायोटिक लगाएँ, निगरानी गर्दा सुधार नै भएन, खुब प्रयास गरियो ।’

    सुई लगाउनु सँगै एम्बुलेन्सका लागि फोनसमेत गरेको डा.योगीले बताए । आफूले कार्डिक पल्मोनरी रिसिटेसन (सिपिआर) गरे पनि केही काम नलागेर १२ बजेर ५० मिनेटमा कोइरालाको निधन भएको डा.योगीले जनाए ।

    कोइरालाको मृत्युको कारण निमोनियाँ नै रहेको आकलन डा.योगीको छ । कोइरालालाई अस्पताल नलैजान पारिवारिक दबाब थियो कि भन्ने जिज्ञासामा योगीले भने, ‘हस्पिटल नलैजान भनेर पारिवारिक दबाब केही थिएन, स्थितिमा सुधार नदेखिए भर्ना गर्न भनेर नै बेड बुक नै गरिएको हो ।’

    अस्पताल भर्ना गर्नुपर्थ्यो
    केही चिकित्सकहरूले फोक्सोको जटिल समस्यासँगै निमोनियाँ देखिएका कोइरालालाई अस्पताल भर्ना गरेर उपचार गरेको भए राम्रो हुने उल्लेख गरेका छन् ।  कोइराला बस्ने ठाउँभन्दा १० मिनेटको समयमा पुग्ने शिक्षण अस्पताल, गंगालाल राष्ट्रिय हृदय केन्द्र आदि रहेको उल्लेख गर्दै उनीहरूले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तित्वलाई अस्पताल नलगेर घरमै बित्नु दुःखद स्थिति रहेको औंल्याएका छन् ।

    ‘फोक्सोको समस्या भएकाहरूलाई जति बेला पनि भेन्टिलेटर, आईसियुलगायतका संरचनामा राख्नुपर्ने स्थिति आउँछ,’ एक चिकित्सकले भने, ‘जटिल दमको बिरामीको हृदयाघातबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले अस्पतालमा राखेरै उपचार गर्नु राम्रो मानिन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.