×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कांग्रेसको १३ औं महाधिवेशन भने नसर्ने

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १३ दिन पार्टीको झन्डा झुकाइने

    – कुलचन्द्र न्यौपाने , काठमाडौं

    संवैधानिक बाध्यताका कारण कांग्रेसको १३ औं महाधिवेशन भने नसर्ने भएको छ । कोइरालाको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले महाधिवेशन पूर्वानिधारित मितिमा नै गर्ने निर्णय गरेको हो । निधनको १३ औं दिनसम्म पार्टीको औपचारिक कार्यक्रम भने नगर्ने निर्णय गरिएको छ । कांग्रेसका गाउँ, नगर, वडा, क्षेत्र र जिल्ला अधिवेशनको जारी प्रक्रिया माघ मसान्तसम्मलाई रोकिएको छ ।

    रोकिएको निर्वाचन प्रक्रिया फागुन १ बाट सुरु हुनेछ । ‘सम्भवत: महाधिवेशन सर्दैन,’ उनले भने, ‘फागुनभित्र महाधिवेशन गराउनुपर्ने संवैधानिक बाध्यता नि छ ।’ कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय स्थान बनाएका कोइरालाको निधनले सिंगो देशका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

    ‘अत्यन्त जटिल बन्दै गएको संक्रमणकालीन राजनीतिका बेला संविधानसभाबाट नेपालको संविधान जारी गर्ने अभियानको मुख्य नेताका रूपमा चीरपर्यन्त सम्झने छन्,’ कांग्रेस बैठकले भनेको छ, ‘संविधान निर्माणपछि पनि संविधानको कार्यान्वयन र यसको निरन्तर परिमार्जनद्वारा संविधानको व्यापक स्वीकारोक्ति बढाउन श्रद्धेय कोइरालाले संविधान संशोधन प्रक्रियाको समेत नेतृत्व गर्दै आन्दोलनरत सबै पक्षलाई एकता, सहमति र सहकार्यको बाटोमा संलग्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।’

    बैठकले मधेसमा आन्दोलनरत पक्षलाई निरन्तर संवाद र वार्तामा संलग्न राखेर हिमाल, पहाड, मधेस र तराईका जनताका भावना र पारस्परिक एकतालाई सुदृढ बनाउन र सम्मानजनक निकास खोज्न जीवनको अन्तिम घडीसम्म कोइरालाले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएको छ । ‘कोइरालाको समन्वयकारी भूमिका एवं धैर्यताका साथ सबै पक्षसँग संवाद गर्ने अग्रसरताका कारण आन्दोलनको जोखिमबाट देश आज शान्ति, स्थिरता र सहजतातर्फ विस्तारै फर्किएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस शोकको यो घडीमा शान्ति र स्थिरतातर्फ फर्किंदै गएको यो यात्रालाई सुरक्षित ढंगबाट गन्तव्यसम्म पुर्‍याउने संकल्प गर्दछ ।’ कोइरालाले देखाएको निष्ठा, नैतिकता र सरलजीवन पद्धतिलाई पार्टीको प्रेरणा र पुँजीका रूपमा ग्रहण गर्दै धैर्य धारणा गर्न बैठकले अपिल गरेको छ ।

    केन्द्रीय कार्यसमितिले १३ दिनसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरिका कार्यालयहरूमा पार्टीको झन्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय लिएको छ । फागुन ३ गतेसम्म पार्टीका केन्द्रीय कार्यालयसहित सम्पूर्ण कार्यालय र भ्रातृसंस्थाका कार्यालयहरू बन्द गर्ने, फागुन ९ गते सबै जिल्लामा श्रद्धाञ्जलि सभा आयोजना गर्ने, काठमाडौं उपत्यकाका हकमा तीन जिल्लाले संयुक्त श्रद्धाञ्जलि सभा गर्ने निर्णय लिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.