×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भ्रष्टाचारी ठहरिएपनि चिरञ्जिवी वाग्ले गोरखामा अझै लोकप्रिय

  •  
  • मङ्गलबार, माघ २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं : भ्रष्टाचार गरेको ठहरिएपछि १३ महिना जेल परेका पूर्वमन्त्री तथा कांग्रेस नेता चिरञ्जिवी वाग्ले गृहजिल्ला गोरखामा अझै लोकप्रिय रहेको देखिएको छ।

    १३ औं महाधिवेशनमा गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका उनले जिल्लामा क्रियाशील नेताहरुले भन्दा पनि बढी मत ल्याएर पहिलो नम्बरमा विजयी भए। मत परिणाम अनुसार उनले महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै १ सय ५९ मत ल्याएर विजयी भएका हुन्।

    पटक पटक मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनी २०६७ चैत २ गते जेल परेका थिए। २०६९ वैशाखमा जेलमुक्त भएका उनी जिल्लाको राजनीतिमा त्यति सक्रिय भने थिएनन्। प्राय काठमाडौंमा नै बस्ने उनी जिल्लामा हुने कार्यक्रमहरुमा पनि कमै सहभागी हुन्थे।

    वाग्ले आफ्नो गाविस बुंकोटबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चुनिएका थिए। गोरखा क्षेत्र नम्बर १ बाट दुई पटक सांसद निर्वाचित वाग्ले २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा भने एमाओवादी उम्मेदवार पार्वती थापासँग पराजित भएका थिए।

    गोरखा क्षेत्र नम्बर १ मा उनीपछि कांग्रेसका पूर्व जिल्ला सचिव किरणबाबु श्रेष्ठले १४७, ईश्वर पाण्डेले १४१, राजनराज पन्तले १०६, भूगोल थापाले ९४ र जर्नादन अर्यालले ८० मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिए।

    पूर्व सभासद तथा कांग्रेसका पूर्व मुख्य सचिव जीवनप्रेम श्रेष्ठ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। त्‍यस्तै पूर्व जिल्ला सभापति चेतमान श्रेष्ठ, हालका जिल्ला सचिव पूर्णबहादुर दाहाल महाधिवेशन प्रतिनिधिको निर्वाचनमा आआफ्ना क्षेत्रबाट पराजित भएका छन्। कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ भने गोरखा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका छन् ।

    pahilopost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.