कैलासबावु श्रेष्ठ/गोरखा
माघ २६ गते । गोरखा जिल्लाका समाजसेवी तथा गोरखा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चुढानारायण किसुन बावु श्रेष्ठको ८८ वर्षको उमेरमा राजधानीको नर्भिक अस्पतालमा निधन भएको छ । 
बिक्रम सम्बत १९८५ साल मंसिर २० गते गोरखामा जन्मीएका श्रेष्ठले ०३० साल देखी ०४४ साल सम्म गोरखा उद्योग बाणिज्य संघको अध्यक्ष पदमा रही काम गरेका थिए । केही बर्ष देखी राजधानी बस्दै आएका श्रेष्ठलाई पछिल्लो समय मुटु सम्वन्धी समस्या देखीए पछि नर्भिक अस्पताल भर्ना गरीएको थियो । 
तात्कालीन अध्यक्ष भगत जोशीलाई संघलाई कसरी अगाडी बढाएर लाने भन्ने बिषयमा सुझाब दिदै ।
प्रजातान्त्रीक योद्वाका रुपमा समेत चिनीने श्रेष्ठको श्रीमती ५ छोरी र २ छोरा छन । बिदेशमा रहेका उनका छोरा आए पछि आज एक कार्यक्रम बिच पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने कार्यक्रम तय गरीएको छ ।

संघका पूर्व अध्यक्षहरुलाई सुझाव दिदै स्व.किसुन बावु ।
दाहसंस्कार कार्यक्रममा सहभागी हुन आज गोरखाका उद्योगी तथा ब्यापारी राजधानी गएका छन ।
संघका पूर्व अध्यक्षहरु सामूहिक तस्बिर खिचाउदै ।
केही समय अगाडी सामूहिक तस्बिरमा स्वं.अध्यक्ष सहित गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीहरु ।
सामूहिक तस्बिरमा स्वं.अध्यक्ष सहित गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीहरु परिवारका सदस्यहरु समेत ।




















