×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कर छलीका लागि जन्माइन्छन् माध्यम कम्पनी

  •  
  • सोमबार, माघ २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुजित महत/आशीष ज्ञवाली

    काठमाडौं: युरोपमा नाम चलेको टेलियासोनेराले रेनोल्ड होल्डिंस नामको गुमनाम कम्पनीमार्फत एनसेलमा ८० प्रतिशत लगानी गरेको छ । रेनोल्ड होल्डिंस ‘ट्याक्स हेवन’ को रूपमा चिनिने क्यारेबियन मुलुक सेन्ट किट्समा दर्ता छ ।
    एनसेल खरिदबिक्रीको क्रममा एनसेलको विदेशी स्वामित्व रहेको कम्पनी रेनोल्डको स्वामित्व यथावत् रहेको भन्दै टेलियासोनेराले एक खर्ब ४० अर्ब रुपैयाँमा एनसेल बिक्री गर्दा पुँजीगत लाभकर नलाग्ने दाबी खरिदकर्ता एक्सिएटाले आन्तरिक राजस्व विभागसमक्ष पूर्वादेश माग गर्ने क्रममा गरेको छ ।
    आफैं नाम चलेको कम्पनी टेलियासोनेराले नेपालमा लगानी गर्न किन ‘ट्याक्स हेवन’ मा अर्को कम्पनी दर्ता गर्नुपर्‍यो त ? एकाउन्टिङ भाषामा ट्याक्स प्लानिङ (खासमा कर छलीको योजना) एउटा कारण हो, नाम चलेका कम्पनीले लगानीका लागि अर्को कम्पनी खडा गर्नु ।
    ठूला कम्पनीको होल्डिंस कम्पनी भनिए पनि तिनको अस्तित्व दर्तामा मात्र सीमित हुन्छ । यसरी ट्याक्स प्लानिङका लागि खडा गरिएका कम्पनीलाई ‘इन्टरपोज एन्टिटी’ भनिन्छ । ठूला कम्पनीले थुप्रै इन्टरपोज एन्टिटी खडा गरेका हुन्छन् ।
    रेनोल्ड होल्डिंसको स्वामित्व टेलियासोनेरा नर्वे नेपाल होल्डिंससँग छ, टेलियासोनेरा नर्वे नेपाल होल्डिंसको स्वामित्व नेदरल्यान्डको टेलियासोनेरा एसिया होल्डिंससँग ।
    एनसेल खरिदबिक्रीमा जस्तै प्रकृतिको भारतको बहुचर्चित भोडाफोनको स्वामित्व हस्तान्तरणमा सातवटा तह खडा गरिएको थियो । त्यसमार्फत नेपालजस्ता अति कम विकसित देशहरूमा विदेशी लगानी भित्राउने गरिन्छ । यसरी कम्पनीमाथि कम्पनीको पिरामिड खडा गर्दा कर छलीलाई तर्कसम्मत ठहर्‍याउन सकिन्छ नै, सरकारले छानबिन गर्न पनि गाह्रो हुन्छ ।
    निर्धारित शुल्क तिरेपछि सजिलै खाता/कम्पनी दर्ता र नवीकरणका साथै सम्पत्तिको स्रोत खुलाउनुनपर्ने भएकाले ट्याक्स हेवनमा विश्वभरिका कम्पनीले कम्पनी दर्ता गर्ने र धन थुपार्ने गर्छन् । गुगलले आफ्नो आम्दानी थन्क्याउन आयरल्यान्डमा कम्पनी खडा गरेको छ ।
    न्युजिल्यान्डदेखि परतिर टापू छ, न्यु एन । ३० हजार जनसंख्यामा १८ हजार त न्युजिल्यान्डमा बस्छन् तैपनि त्यहा“ १० हजार कम्पनी दर्ता छन् । कम्पनीको दर्ता/नवीकरणमा चर्को शुल्क लिने यस्ता टापुहरूको आम्दानीको स्रोत यस्तै कम्पनी हुन् । बैंकमा खाता र पोस्टबक्सबाहेक कम्पनीको अफिसलगायत केही हुन्न ।
    क्यारेबियन मुलुकहरू बर्मुडा, ब्रिटिस भर्जिन आइल्यान्ड, च्यानल आइल्यान्डका साथै साइप्रस, स्विट्जरल्यान्ड, सिंगापुर, हङकङ, लक्जम्बर्ग, आयरल्यान्ड, स्विट्जरल्यान्ड, निदरल्यान्ड र क्यामेन आयल्यान्ड यस्तो कारोबारका लागि नामी छन् ।
    सन् २००७ मा भारतको भोडाफोनको स्वामित्व हस्तान्तरणमा कर नतिर्ने भनेपछि सरकारले दुई अर्ब डलर कर लगाउने निर्णय गरेको थियो । यसविरुद्ध परेको मुद्दामा मुम्बई हाइकोर्टले सरकारको पक्षमा फैसला गर्‍यो भने सर्वोच्च अदालतले कानुनमा कर लगाउने प्रावधान नभएको भन्दै सरकारको विरुद्धमा फैसला सुनाएको थियो ।
     यसपछि सन् १९६१ को भारतीय आयकर कानुनमा संशोधन गरी पश्चात्दर्शी प्रभाव हुने गरी कानुन संशोधन गरी कर लगाउने निर्णयलाई वैधानिकता दिइएको थियो । कानुनको संशोधनविरुद्ध अन्तर्राष्ट्रिय अदालत गुहार्ने धम्की दिएको भोडाफोन अहिले मध्यस्तकर्तामार्फत सरकारसँग विवाद सुल्झाउने प्रयासमा छ । भोडाफोन बिक्रीमा कर छली हुन लागेपछि भारतमा ‘आजादी बचाओ’ नाममा आन्दोलनसमेत भएको थियो ।
    एनसेलमा अहिले ८० प्रतिशत स्वामित्व रेनोल्ड होल्डिंसको छ भने २० प्रतिशत स्थानीय लगानीकर्ता निरजगोविन्द श्रेष्ठको छ । टेलियासोनेराले माध्यम कम्पनी खडा गर्दै एनसेलमा लगानी गरेको हो । अहिले विदेशी लगानी रहेको रेनोल्ड होल्डिंसको बिक्री नभएको र २० प्रतिशत स्वामित्वका निरजगोविन्द श्रेष्ठको सेयरमात्र बिक्री भएकोमा त्यसमा मात्र पुँजीगत लाभकर लाग्ने तर्क छ ।
    टेलियासोनेराका प्रमुख कार्यकारी अधिकृतका प्रमुख सल्लाहकार सलोमन बेक्लेले दुई दिनअगाडि अन्नपूर्णले सोधेको प्रश्नमा पनि टेलियासोनेरा र एक्सिएटाको कारोबारमा कर नलाग्ने यद्यपि आफूहरूले नेपालको कानुन पालना गर्ने जबाफ दिएका थिए ।
    बेक्लेको तर्क टेलियासोनेरा र एक्सिएटा नेपालमा दर्ता नभएको हुँदा दुईवटा कम्पनीको कारोबारमा कर नलाग्ने भन्ने थियो । आयकर ऐनअनुसार नेपालमा दर्ता नभएको र विदेशमै कम्पनी खरिदबिक्री हुँदा कर लाग्दैन । यसका लागि एनसेल खरिदबिक्रीका लागि रेनल्ड होल्डिंसको स्वामित्व यथावत् रहेको तर्क गरिएको छ । तर, एनसेलको ब्रान्डिङ नेपालमा भएको छ, आयकर ऐनको दफा ५७ अनुसार एनसेल खरिदबिक्रीमा सरकारले कर लगाउन सक्छ ।
    ‘ट्याक्स प्लानिङका लागि ठूला कम्पनीले माध्यम कम्पनी खडा गर्छन्’, एनसेलको विषयमा अध्ययन गरिरहेका एक चार्टर्ड एकाउन्टेन्टले भने, ‘कम्पनीको उद्देश्य जसरी पनि कम कर तिर्ने भन्ने हुन्छ । त्यही आधारमा टेलियासोनेराले पनि माध्यम कम्पनी हुँदै एनसेलमा लगानी गरेको छ । त्यही प्रक्रियाबाट बाहिरिन खोजेको छ ।’
    खासगरी ट्याक्स हेवन मानिने देशहरूमा यस्ता कम्पनी खरिदबिक्रीका लागि एजेन्ट रहेका हुन्छन् । ती देशमा कम्पनी स्थापना गर्न कुनै झन्झटिलो प्रक्रिया हुँदैन । यही प्रक्रिया टेलियासोनेराले एनसेल खरिदबिक्रीमा गरेको छ । एनसेलमा पनि टेलियासोनेराले विभिन्न तह हुँदै लगानी गरेको थियो । सेयर खरिद गर्ने भनेको कम्पनी मलेसियाको एक्सिएटा पनि विभिन्न तहको कम्पनी खडा गर्दै एनसेलमा प्रवेश गर्न लागेको छ ।
    भारतमा समयमा कानुन संशोधन/परिमार्जन नगर्दा भोडाफोनको विवाद भएको हो । नेपालमा पनि १४ वर्षअघि (२०५८ साल) को कानुनमा संशोधन नगर्दा कर तिर्नुनपर्ने तर्क गर्ने ठाउँ बनेको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा ट्याक्स प्लानिङका लागि योजना बन्न थालेपछि मुलुकभित्रको कानुन संशोधन/परिमार्जन गरी छिद्र टालिहाल्नुपर्ने विज्ञहरूको राय छ ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.