कैलासबावु श्रेष्ठ/गोरखा
माघ २० गते । गोरखा जिल्ला छोप्राक गाउँ बिकास समितिमा बसोबास गर्ने ६५ बर्षिय जुठे सार्कीलाई एक अपाङ्ग बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
माघ १४ गते दिउसो १ः३० बजेको समयमा सुस्त मनस्थिती भएकी १३ बर्षिया बालिकालाई जबरजस्ती गरेको भन्दै सार्कीलाई प्रहरीको एक टोलीले पक्राउ गरी आजै गोरखा जिल्ला अदालत बाट अनुसन्धानका लागि म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ ।
घटना पछि सार्कीले पिडीत परीवारलाई आर्थिक प्रलोभन दिएर गाउँमा नै समस्या समाधान गर्न दवाद दिएको समाचार बाहिर आए पछि प्रहरीले आफ्नो सक्रियता देखाउदै आरोपीतलाई पक्राउ गरी मुद्वा दर्ता गरेको थियो ।




















