×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भूकम्पपीडित सरकारलाई नपर्खी धमाधम घर बनाउँदै

  •  
  • मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

    फोटो :सरकारले कुनै योजना नल्याएपछि आफैं घर बनाउँदै केरौंजाका बासिन्दा । अन्नपूर्ण
    केरौंजा (गोरखा): जाडो खप्न नसकेपछि गोरखा केरौंजाका भूकम्पपीडितले धमाधम आफ्नै तरिकाले घर बनाउन थालेका छन् । यहाँका पीडितले माटोबिनाको ढुंगे पर्खाल लगाएर दुईतले घर बनाउन थालेका हुन् । वडा नम्बर १, २, ३ र ४ मा मात्र करिब डेढ सय यस्ता घर निर्माण भएका छन् ।
    सरकारी राहतको १५ हजार रुपैयाँ घरखर्चमै सकेका चार सय ६५ घरधुरी अहिले त्रिपालको टहरोमा बस्दै आएका छन् । धमाधम बनेका सबै घर पुरानै ढाँचाका छन् । ‘सरकारलाई पर्खंदापर्खंदै मरिएलाजस्तो भयो’, धमाधम घर बनाउँदै गरेका काजी गुरुङ भन्छन्, ‘सरकारले दुई लाख दिने कहिलेकहिले ? जाडोले मर्न लागिसकियो अहिले । त्यो दुई लाख हामीलाई काम छैन ।’
    अब अर्काको मुख ताकेर नबस्ने उनको भनाइ छ । उनले ढुंगाको गारो र जस्ताको छानो लगाएर घर बनाउने बताए । कतिपयले भने त्रिपालको छानो लगाएर घर बनाएका छन् । सरकारी नमुना नआई नबनाउनु भन्दा पनि गाउँलेले अटेर गरी घर बनाएको सामाजिक परिचालक रस्मिता गुरुङ बताउँछिन् ।
    ‘सरकारले मोडल दिएपछिमात्र बनाउनु भन्यो, मान्दैमान्दैनन् । धमाधम बनाउन थाले’, उनले भनिन्, ‘भूकम्पप्रतिरोधी घर बनाउन सरकारले सिकर्मी, डकर्मी तालिम दिन्छ । दुई लाख रुपैयाँ पनि दिन्छ अनिमात्र घर बनाउनुपर्छ भनेर जति भने पनि गाउँले भोलिको कुरा भोलि हुन्छ, जाडो अहिले हुन्छ भन्छन् । हाम्रो कुरा मान्दैनन् ।’
    गाउँलेले भत्केका घरको ढुंगा र काठ प्रयोग गरेर घर बनाएका हुन् । जाडोका कारण आफूहरूले सरकारी दुई लाख रुपैयाँको लोभ पनि नगरेको उनीहरूले बताए । सरकारले दिने दुई लाख रुपैयाँले राहत नहुने केरौंजाबासीको गुनासो छ ।
    मोटरबाटो नपुगेको केरौंजामा सरकारी मापदण्डअनुसारको घर बनाउँदा दुई लाखले राहत नहुने अर्का स्थानीय सुकबहादुर गुरुङको भनाइ छ । उनका अनुसार गाउँलेको बाह्य आयस्रोत छैन । ‘सदरमुकामबाट हिँडेर आइपुग्न दुई दिन लाग्छ’, उनी भन्छन्, ‘सरकारी मापदण्डअनुसार घर बनाउन सिमेन्ट, रड, गिट्टी र बालुवा चाहिन्छ । त्यो किन्नसक्ने गाउँलेको क्षमता छैन ।’
    सबैले एकैचोटि घर बनाउँदा कामदार नपाउने भएकाले पनि हतार गरेर घर बनाउन थालेको स्थानीय बासिन्दाको भनाइ छ । सरकारी तथ्यांकअनुसार केरौंजा जिल्लाकै गरिबीको रेखामुनि रहेको दोस्रो गाविसमा पर्छ । ‘यहाँका अधिकांश गाउँले पर्यटकको भारी बोक्ने, घर बनाउने काम गरेर पेट पाल्छन्’, गाविसका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ भन्छन्, ‘अरू सबैजना खेतीकिसान र भेडागोठाला छन् ।’
    त्रिपालको टहरोमा हिमालको हावा पसेर जाडोले सताएको स्थानीय शर्मिला गुरुङ बताउँछिन् । ‘राति भएपछि हावा चल्छ’, उनी भन्छिन्, ‘कतिपटक त राति हावाले टहरै उडाएर बिहान फेरि बनाउनुपरेको छ ।’
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.