×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनास्लु पदमार्ग मर्मत गरिने

  •  
  • मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    शिवप्रसाद उप्रेती
    गोरखा: भूकम्प र लगत्तैको पहिरोले क्षतिग्रस्त मनास्लु पर्यटन पदमार्गको मर्मत सम्भार हुने भएको छ।
    पर्यटन बोर्डको मनास्लु क्षेत्र पदयात्रा मार्ग पुनर्निर्माण कार्यक्रम तथा विभिन्न स्रोत जुटाएर मर्मत सम्भार गरिने गोरखा जिल्ला पर्यटन विकास समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जानकारी दिए।पर्यटन बोर्डको मनास्लु क्षेत्र पदयात्रा मार्ग पुनर्निर्माण कार्यक्रमको दुई करोड २० लाख र ग्रेट हिमालयन ट्रेलको एक करोड रुपैयाँबाट काम सुरु गर्ने निर्णय भएको उनले बताए।
    जिविसमा आइतबार सम्पन्न सरोकारवालाको छलफल कार्यक्रममा जिल्लाका सभासद् हितराज पाण्डे, छमबहादुर गुरुङ र कृष्ण धिताल, पर्यटन विभागका सिनियर डिभिजन इन्जिनियर पोषनाथ अधिकारीसमेत सहभागी थिए। कार्यक्रममा भूकम्प र त्यसपछिको पहिरोका कारण बिग्रिएको केरौंजा दोभानदेखि जगत जाने पदमार्गको बगरमा तत्कालका लागि बहाव दायाँबाट बायाँ सार्ने निर्णय भएको छ।
    त्यसका लागि हाल दुई करोड २० लाख खर्च गर्ने र दीर्घकालसम्मका लागि दायाँपट्टि पदयात्रा मार्ग निर्माण गर्न पर्यटन विभागको नेतृत्वमा डीएफआईडीको सहयोग लिई छिटो प्रक्रियाद्वारा काम गर्ने निर्णय भएको गिरीले जानकारी दिए। दीर्घकालसम्मका लागि पदमार्ग पक्की बनाउन चार करोडसम्मको बहुबर्षे टेन्डर निकाल्ने विषयमा छलफल भएको उनले बताए।
    बैठकले चुम्चेतको सिर्दीखोलाको भीर र सिर्दीखोलादेखि छेकम्मारसम्मको पदमार्ग निर्माण र सुधार गर्न एमक्यापलाई जिम्मा दिने निर्णय गरेको छ। त्यस्तै लापु गाविसको नौलीखोलादेखि गुम्दाको माछाखोलासम्मको पदमार्ग सुधार गर्न आईओएम नामक विदेशी संस्थालाई जिम्मा दिने पनि निर्णय गरेको उनले बताए।
    माछीखोलादेखि गुम्दाको सिङ्लासम्मको पदमार्ग सुधार गर्न केयर नेपाल नामक संस्थालाई जिम्मा दिने, उहियाको खोर्लाबेसीदेखि उहिया गाउँसम्मको बाटो सुधार गर्न पिपुल इन निड नामक संस्थालाई आग्रह गर्ने, सम्भव नभए जिविसअन्तर्गत पर्यटन विकास समितिले गर्ने निर्णय भएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले जानकारी दिए।
    उनका अनुसार ग्रेट हिमालयन ट्रेल विकास कार्यक्रमतर्फको एक करोड रुपैयाँ ल्हो, सामागाउँ, साम्दो, लार्केपास हुँदै मनाङको भीमथाङसम्मको पदमार्ग निर्माण सुधारमा खर्च गर्ने निर्णय भएको छ। उहियाको तातोपानीदेखि सामागाउँसम्मको पदमार्ग सुधार गर्न पर्यटन विभागलाई अनुरोध गर्ने निर्णय पनि भएको उनले बताए।
    भूकम्प र त्यसपछिको पहिरोका कारण बिग्रिएको केरौंजा दोभानदेखि जगत जाने पदमार्गको बगरमा तत्कालका लागि बहाव दायाँबाट बायाँ सार्ने निर्णय भएको छ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.