कैलासबावु श्रेष्ठ/गोरखा
माघ १५ गते । मादक पदार्थ सेवन गरी अरुको सवारी साधनको चाँबी खोसेर सवारी चलाई दुरघटना गराउने एक चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर कानूनी कारवाहीको लागि पहल थालेको छ ।
गोरखा देउराली गाउँ बिकास समिति ४ का २८ बर्षिय रमेश खत्रीले मादक पदार्थ सेवन गरी ग.१ ज ५८६९ नम्बरको सवारी चालकबाट जबरजस्ती चाँबी खोसेर यात्रु सहित बिभिन्न स्थानमा ठक्कर दिई सवारी साधन माथि क्षेती पुरयाएको भन्दै सवारी धनीले दिएको उजुरीका आधारमा खत्रीलाई गोरखा सदरमुकामको बसपार्कमा पक्राउ गरी कानूनी कारवाहीको लागि पहल थालीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सवारी धनी निलकुमार श्रेष्ठका अनुसार तनहुँको आँबुखैरेनी बाट गोरखा सदरमुकाम आउने क्रममा यात्रुहरुले रिजर्ब गरी गोरखा आउन लाग्दा खत्रीले जबरजस्ती उत्त सवारी साधनको चाँबी खोसेर तनहुँ जिल्लाको विभिन्न स्थानमा लगी सवारी साधनमाथि क्षेती पुरयाएका थिए ।
खत्रीलाई केही सार्बजनिक अपराध ऐन अन्तरर्गत कारबाहीका लागी मुद्वा दर्ता गरीएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक प्रहरी नियन्त्रणमा
मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक प्रहरी नियन्त्रणमा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



