×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्पबाट क्षतिको लगत सङ्कलन गर्ने जिम्मा ‘एनजीओे’लाई

  •  
  • बिहिबार, माघ १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशन्न पोखरेल/गोरखा

    वैशाखमा गएको ‘गोरखा भूकम्प’ले व्यक्तिगत घरमा पुरयाएको क्षतिबारे लगत सङ्कलन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिइएको छ । गोरखाका ६० गाविस र दुई नगरपालिकाभित्र रहेका व्यक्तिगत घरमा भूकम्पले पुरयाएको क्षति र आर्थिक, सामाजिक सूचना सङ्कलनको जिम्मा हर्ड नामक संस्थालाई दिइएको हो ।

    केन्द्रिय तथ्याङक विभागले भूकम्पपीडितका घरको वास्तविक तथ्याङ्क सङ्कलनको जिम्मा उक्त एनजीओलाई दिएको छ । जिल्लास्थित लगत व्यवस्थापन समूहको समन्वयमा व्यक्तिगत घरको तथ्याङ्क सङ्कलनका लागि ६४ जना इन्जिनियरहरू गाउँ/गाउँ जाँदैछन् ।

    इन्जिनियरका साथमा एकजना सामाजिक परिचालक पनि हुने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो । भूकम्पले पुरयाएको क्षतिको फोटोसहित दुई सदस्यीय टोलीले सूचना सङ्कलन गर्ने र कम्प्युटर सफ्टवेयर मार्फत केन्द्रीय तथ्याङ्क विभागमा पठाउने गिरीले बताउनुभयो ।

    विश्व बैँक र ‘यूएओपीएस’ नामक संस्थाको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागको समन्वयमा हर्ड नामक संस्थाले भूकम्पको क्षतिको लगत सङ्कलन गर्ने भएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्णय गरेरै पहिलो चरणमा इलाका नम्बर ८, ९, १०, ११ र १२ भित्रका ३२ वटा गाविसमा लगत सङ्कलन गर्न हर्डलाई जिम्मा दिएको छ ।दुई सदस्यीय टोलीले ४५० देखि ५५० वटा घरधुरीका दरले लगत सङ्कलन गर्ने गिरीको भनाइ छ ।

    कसरी लगत सङ्कलन गर्ने भन्नेबारे केन्द्रीय तथ्याङ्क विभागले इन्जिनियरलाई तालिम दिइसकेको छ भने सामाजिक परिचालकहरूलाई जिल्लामै दुई दिनको तालिम दिइन्छ । भूकम्पपछि घरधुरी सङ्ख्या बढेको र नक्कली भूकम्पपीडितले पनि सक्कली जसरी राहत तथा रकम बुझेको गुनासो बढेपछि पुनः अध्ययन गरेर घरधुरी सङ्ख्या पत्ता लगाउने तयारी गरिएको हो ।

    विसं २०६८ सालमा गरिएको जनगणनामा १० प्रतिशत घरधुरी बढेको अनुमानसहित उक्त टोलीले गाउँ/गाउँमा भूकम्पले पुरयाएको क्षतिको लगत सङ्कलन गर्नेछ । विसं २०६८ को गणनाअनुसार गोरखामा ६६ हजार ५ सय १६ घरधुरी थिए । अहिले घरधुरीको सङ्ख्या बढेर ७१ हजार पुगेको अनुमान गरिएको छ । एकाघरमा बसेका तर सगोलमा खाना नखाने (छुट्टिएर बसेका) घरमुलीको पनि लगत सङ्कलन गरिने गिरीको भनाइ छ ।

    रासस

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.