कैलासबावु श्रेष्ठ/गोरखा
माघ ११ गते । गोरखा सदरमुकाममा २ दिने निशुल्क मुटुरोग स्वास्थ्य शिवीर सम्पन्न भएको छ । ![_DSC0289[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC02891.jpg)
रोटरी क्लब अफ गोरखा, रोडट्राक गोरखा र गोरखा अस्पताल गोरखाको संयुक्त आयोजनामा भएको शिवीरमा जिल्लाका १ हजार ४ सय ६५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । ![_DSC0300[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC03001.jpg)
मनमोहन मार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र त्रि.बि.शिक्षण अस्पताल मुटु जोगाउ संस्था (सेफ द हर्ट) को प्राविधिक सहयोगमा गोरखा अस्पतालमा भएको शिवीरमा डा.अनिल भट्टराईको नेतृत्वमा २५ जना स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरीएको थियो । ![_DSC0284[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC028411.jpg)
स्वास्थ्य परिक्षणका क्रममा ८ सय ८९ जना महिला तथा ५ सय ७६ जना पुरुषले स्वास्थ्य परिक्षण गराएकोमा ९५ जनालाई सुविधा सम्पन्न अस्पतालमा गै थप उपचार (शल्यक्रिया) गराउन टोलीले सिफारीस गरेको छ । ![_DSC0288[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC02881.jpg)
शिबीरमा ३ सय २२ जनाले ईसिजी र २ सय ६५ जनाले इको गराएका थिए भने बाँकी सबैलाई निशुल्क रुपमा औषधी दिईएको थियो ।
शिबीरको बारेमा आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै रोटरी र रोडट्राकले मुटुको भल्ब फेनुपर्ने ६३ जना, जन्मजात मुटुरोगी १४ जना र कोरोनरी १३ तथा मुटुको धड्कन अनियमीत हुने २ जना बिरामी फेला परेको जानकारी गराईएको थियो ।![_DSC0302[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC03021.jpg)
थप उपचारका लागि जानुपर्ने ९५ जना मध्ये पनि ५६ जनाले तत्कालै उपचार गराउनु पर्ने र ३९ जनाले औषधी सेबन गरी केही समय पछि थप उपचारको लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुको टोलीले सल्लाह दिएको छ ।
![_DSC0287[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC02871.jpg)
![_DSC0293[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC02931.jpg)
गोरखामा निशुल्क मुटुरोग स्वास्थ्य शिवीर (फोटो फिचर)
गोरखामा निशुल्क मुटुरोग स्वास्थ्य शिवीर (फोटो फिचर)
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















