×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सहपाठी विवाह गर्दा विद्यालय प्रवेशमा रोक

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती
    फोटो : सोमबार सदरमुकाम आइपुगेका योगेन्द्र कुँवर र सम्झना राना।तस्बिर: अन्‍नपूर्ण
    विद्यार्थी सोध्छन् ‘बिहेपछि पढ्न नपाउने भन्ने नियम छ र? 
    गोरखा: ‘पढ्दापढ्दै विवाह गरेको’ भन्दै यहाँको एक विद्यालयले एसएलसीको तयारी गरिरहेका दुईजना विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरेको छ।
    मिरकोटको त्रिवेणी माविले एसएलसीको तयारी गरिरहेका योगेन्द्र कुँवर र सम्झना रानालाई विद्यालय प्रवेशमा रोक लगाएको हो।एउटै विद्यालयमा कक्षा १० मा पढ्ने कुँवर र रानाले गत मंसिर १३ गते बिहे गरेका थिए।
    ‘समितिको निर्णय’ भन्दै विद्यालयले उनीहरूलाई त्यस दिनदेखि विद्यालयमा जान नदिएको विद्यार्थीले जनाएका छन्। विद्यालयले एसएलसी परीक्षाबाट वञ्चित गर्ने तयारी गरेपछि उनीहरू न्याय माग्न दुवै पक्षका अभिभावकलाई लिएर जिल्ला शिक्षा कार्यालय पुगेका छन्।
    ‘हामीले मंसिर १३ गते बिहे गरेका हौं’, सदरमुकाममा आइपुगेकी सम्झनाले भनिन्, ‘बिहे गरेको केही दिनमा स्कुल गएको त किन आएको भन्दै हेड सरले मलाई गेटबाट निकाल्नुभयो। त्यो दिनदेखि स्कुल जान पाएकी छैन। सरले हामी कुनै हालतमा पनि तिमीहरूलाई यहाँ पढ्न दिन्नौं भन्नुभएको छ।’
    उनले विवाह गरेपपछि पढ्न नपाउने नियम भएनभएको विषयमा अनभिज्ञता प्रकट गरिन्।’बिहेपछि पढ्नै नपाउने भन्ने नियम छ र?’उनले सोधिन्, ‘नियम नै छ भने त केही भन्नु छैन । हैन भने किन निकाल्ने हामीलाई एसएलसीको मुखमा ?’
    एसएलसी दिने अन्तिम अवस्थामा निष्कासन हुनुपर्दा योगन्द्रले पनि चिन्ता व्यक्त गरे। ‘एसएलसी आउन लाग्या छ’, योगेन्द्रले भने, ‘स्कुल जानै पाइँदैन । विद्यालय व्यवस्थापन समिति र हेड सरले हामीलाई स्कुल गएर पढ्न दिनुभएन। त्यसैले हामी अभिभावक लिएर जिल्ला शिक्षा कार्यालय आएका छौं । कार्यालयले जे भन्छ, त्यही गर्छौं।’
    प्रधानाध्यापक चूडामणि अधिकारीले २०६८ साल फागुन ४ गते यस विषयमा भएको निर्णय कार्यान्वयन गरेको जबाफ दिएका छन्।’एउटै विद्यालयमा पढ्ने विद्यार्थीले बिहे गरे भने निष्कासन गर्ने भन्ने यसअघिकै निर्णय छ’, उनी भन्छन्, ‘मैले त निर्णय कार्यान्वयन गराउने हो। अब शिक्षा कार्यालयले जे भन्छ, त्यही गर्छु।’
    जिल्ला शिक्षा कार्यालयले आफूहरूलाई मौखिक उजुरी आएको जनाएको छ। ‘हामीले पढ्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको बेहोराको निवेदन माग गरेका छौं’, सहायक जिशिअ ठाकुरजी तिवारीले भने, ‘उनीहरूबाट निवेदन पाएपछि पहिलेझैं पठनपाठनको व्यवस्था हुनेछ।’
    विद्यार्थीका अभिभावक पनि विवाहप्रति खुसी छन्। सम्झनाका बाबु टेकबहादुर र योगेन्द्रका बाबु नन्दबहादुर भन्छन्, ‘उनीहरूको विवाहप्रति हामी खुसी छौं। उनीहरूले पढ्न पाउनुपर्छ। विवाह गरेको भन्दै पढ्न नदिने कानुन कहाँ छ?’
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.