कैलासबावु श्रेष्ठ/गोरखा
माघ ४ गते । जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाले न्यानो कपडा किन्ने पैसा बितरण गर्न नसकेको ३ गाबिस र २ नगर पालीकामा पैसा उपलब्ध गराउन पहल थालेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति र अर्थ मन्त्रालय बिच समन्वय हुन नहुँदा न्यानो कपडा किन्ने प्रयोजनका लागि पर्याप्त रकम जिल्लामा आउन सकेको छैन ।
जिल्लाको मिरकोट, घ्याल्चोक र देउराली गाबिस तथा गोरखा र पालुङटार नगर पालीकाकाका सर्व साधारणहरुले आज सम्म पनि १० हजार रुपैया पाउन सकेका छैनन् । यसअघि १५ हजार रुपैयाँ वितरण गरिएको तथ्याङ्कलाई आधार मानेर रकम पठाइएकाले अपुग भएको समितिले जानकारी दिएको छ ।
जिल्लामा १५ हजार रुपैयाँ बितरणमा विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेको प्रमुख जिल्ला अधिकारी उद्वब प्रसाद तिमल्सेनाले बताए । अहिले सम्म जिल्लामा काम गरी रहेको गैरसरकारी संस्थाले ३८ करोड रुपैयाँ लगानी गरी सकेको छ ।
न्यानो कपडा बितरणका लागि पहिलो चरणमा ५० करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो । अब आवश्यक पर्ने करीब २० करोड रुपैयाँ छिटो पठाउने ब्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचीव माधवप्रसाद रेग्मीलाई आग्रह गरिएको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको गाविसहरुमा आवश्यकता अनुसार न्यानो कपडा किन्नका लागि थप २० करोड रुपैयाँ लाग्ने अनुमान गरीएको छ ।
न्यानो कपडा किन्न सरकार संग पैसा मागियो
न्यानो कपडा किन्न सरकार संग पैसा मागियो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


