कैलासबावु श्रेष्ठ/गोरखा
माघ ४ गते । गोरखाका द्धन्द पीडित र सरोकारवालाहरु सँग छलफल गर्न सत्य निरुपण तथा मेलमिलाप आयोगको टोली गोरखा आएको छ ।
प्रमुख आयुक्त सूर्यकिरण गुरुङ नेतृत्वको टोलीले सदरमुकाममा छलफल गरेको थियो । टोलीले जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, अधिकारर्की, पत्रकार, द्धन्दपीडित र प्रभावितहरुसँग छलफल गरेको थियो । स्थानीय शान्ति समिति गोरखाको समन्वयमा आयोगले विभिन्न पक्षसँग छलफल गरेको हो ।
समयक्रमसँगै द्धन्दकालीन कतिपय अवस्था सामान्य बन्दै गैरहेको भन्दै घाऊ नकोट्याउन केही जिल्लावासीले आयोगलाई सल्लाह दिएका छन् । केहीले भने राजनीतिक भागवण्डाका आधारमा गठन भएको आयोगले कसरी निष्पक्ष रुपमा काम गर्न सक्छ भन्ने प्रश्न गरेका थिए ।
द्धन्दकालीन घटनाका दोषीलाई आममाफी नदिने सर्वोच्च अदालतको फैसलाका कारण आयोगको औचित्यनै सकिएको केही सहभागीको भनाई थियो ।
द्धन्दप्रभावित जिल्लाका नागरिकहरुको सुझाव लिन आफूहरु जिल्ला आएको आयुक्त गुरुङले बताउनुभयो ।
द्धन्दपीडित र सरोकारवालाहरुसँग छलफल गर्न सत्यनिरुपण गोरखामा
द्धन्दपीडित र सरोकारवालाहरुसँग छलफल गर्न सत्यनिरुपण गोरखामा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















