कैलासबावु श्रेष्ठ/गोरखा
माघ ४ गते । एकिकृत नेकपा माओवादी पार्टी सदस्य रहेर पनि नयाँ शक्ति अभियानमा लागेको भन्दै ३ जना जिल्ला स्तरका नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
पार्टी अनुशासन विपरीतको गतिविधि गरेको भन्दै एकिकृत नेकपा माओवादी पार्टी कार्यालय गोरखाले आज एक बिज्ञप्ती निकाली जिल्ला पार्टी सह सचिव रमेश पोख्रेल (अटल), जिल्ला सदस्य एवं पूर्व सासद ज्ञानेन्द कुमाल र दिनेश तमुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
जिल्लामा पार्टीको समानान्तर कमिटि गठन गरेपछि र पछिल्लो समय नयाँ शक्ति अभियान शुरु गरेपछि कारवाही गरिएको हो । यसअघि पार्टीको नीति मूल्य र मान्यतालाई स्विकार गर्दै फिर्ता हुने मौका दिइएपनि अब भने सो सम्भावना टरेको पार्टी कार्यालयले जनाएको छ ।
पार्टीको निती विपरीत नयाँ शक्ति अभियानमा सक्रिय गाउँ पार्टी कमीटीका अध्यक्ष र पदाधिकारीलाई गाउँ समीतीको सुझाव सहित स्पस्टीकण लिने विज्ञप्तिमा भनिएको छ ।
हितराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्ला पार्टी सल्लाहकारको दुई रीक्त पदमा घ्याल्चोकका बासु रेग्मी र छेकम्पारका निमा लामालाई थप गरी २५ सदस्यीय समिती गठन गरेको छ ।
नयाँ शक्तिमा लागेको ३ जनालाई एमाओबादीले कारबाही गरयो
नयाँ शक्तिमा लागेको ३ जनालाई एमाओबादीले कारबाही गरयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


