कैलासबावु श्रेष्ठ/गोरखा
माघ ३ गते । चितवनको दारेचोक गाउँ बिकास समितिमा रहेको ४ स्कुले बिद्यार्थीहरुलाई चिसो बाट बच्नका लागि स्व.लक्ष्मणबावु श्रेष्ठ स्मृती कोषले न्यानो कपडा –ज्याकेट) बितरण गरेको छ । 
दारेचोकमा गाबिसमा रहेको इच्छाकामना, गणेश, अमरदिप र तामिन प्राबिमा अध्ययन गर्दै गरेका बिद्यार्थीहरुलाई चिसोले सताएको भन्दै कोषले एक कार्यक्रम बिच ज्याकेट बितरण गरेको हो । 
कोषका सचिब राजेशबावु श्रेष्ठका अनुसार चितवन भनेता पनि अति बिपन्न बर्गका मानिसहरुले अध्ययन गर्ने उत्त स्कुले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको बताए ।
कोषले बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रबृत्ती समेत प्रदान गर्दै आएको छ । 
सबै बिद्यालयमा गरी २ सय भन्दा बढी बिद्यार्थीहरुलाई कोषले ज्याकेट उपलब्ध गराएको थियो ।
ज्याकेट बितरण कार्यक्रममा मनकामना केबलकारका स्टेशन म्यानेजर उज्वल शेरचनका साथै स्थानिय राजैतिक दलका प्रतिनिधी, शिक्षक, बुद्विजिबी, समाजसेवीका साथै सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।
‘बावु’को स्मृतीमा स्कुले बिद्यार्थीहरुलाई ज्याकेट बितरण
‘बावु’को स्मृतीमा स्कुले बिद्यार्थीहरुलाई ज्याकेट बितरण
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




