कैलासबावु श्रेष्ठ/गोरखा
माघ १ गते । आज देश भर माघी मनाउदै गरीएको छ । तराईमा थारु समुदायले माघीलाई रौनकता दिएका छन भने पहाडी जिल्लामा मगर समुदायले यसलाई भब्य रुपमा मनाउदै छन । 
पहाडी जिल्लाको गोरखामा सदरमुकाम र विभिन्न स्थानमा बिविध कार्यक्रम साथ मगर समुदायले आज माघी मनाउदै छ । यसै बिच नेपाल मगर संघको आयोजनामा गोरखा सदरमुकाको खेलकुद मैदान बाट निकालीएको रयालीले बजारको विभिन्न भाग परिक्रमा गरी रोहटे पानीमा रहेको संघको कार्यालयमा गएर समापन गरीएको थियो । 
रयालीमा जिल्ला भित्रका विभिन्न स्थानबाट मगर समुदायहरुको सहभागीता रहेको थियो ।
गोरखा सदरमुकाममा मगर समुदायले मनाउन लागेको माघीका केही तस्बिरहरु ।












