कैलासबावु श्रेष्ठ/गोरखा
माघ १ गते । चिसो मौषममा फल्ने फलफुल मध्ये सुन्तलाका लागि निकै ख्याती कमाएको गोरखाले यस पटक २६ करोड भन्दा बढीको सुन्तला बिक्री गरी सकेको छ । बिशेषत देश भर नै चर्चामा रहेको गोरखाको मनकामना क्षेत्रका किसानले मात्रै आधा भन्दा बढी रकम हातपार्न सफल भएका छन ।
जिल्ला कृषी बिकास कार्यालयल गोरखाले दिएको जानकारी अनुसार गत बर्ष २५ करोड बराबरको सुन्तला गोरखा जिल्ला बाट बाहिरीएकोे थियो । गोरखा जिल्लाको सुन्तला राजधानी, पोखरा र चितवनको बजारमा बढी बिक्री हुने गरेको पाइन्छ । 
कार्यालयका अनुसार गत वर्ष ९ सय ९३ हेक्टरमा सुन्तला खेती भएको थियो । यस बर्ष सुन्तला खेतीको क्षेत्रफल बढेर १ हजार २३ हेक्टर जमिन पुगेको छ ।
जिल्लाको मनकामना, ताङलीचोक, फुजेल, मकैसिंङ्ग, घैरुङ्ग, बक्राङ्ग, ताक्लुङ्ग, ताप्ले, फिनाम, नारेश्वर, मिरकोट, गोरखा नगरपालिका र धुवाकोट गाबिसलाई सुन्तला खेतीका लागि पकेट एरीया मानिने गरीएको छ । उत्पादीत क्षेत्र बाट लमजुङ्ग, तनहुँ, चितवन, धादिङ्ग जिल्लाका सिमाना भएको कारण किसानले खुद्रा बिक्री समेत त्यती नै मात्रा गरेको कार्यालयको अनुमान रहेको छ ।
सुन्तला किसानले गत वर्ष २३ रुपैयाँ देखी ३४ रुपैयाँ सम्ममा आफुले उप्पादन गरेको सुन्तला थोक बिक्री गरेको भएता पनि यस पटक भने २८ देखी ४२ रुपैयाँ सम्म हात पार्न सफल भएको छ । 
कृषी कार्यालयले केही वर्ष देखी सुन्तला बगैचा सुधारका कार्यक्रम सञ्चालन गर्दै आएकोले यो वर्ष देखी किसानको बगैचामा सुन्तला उत्पादनमा बृद्वि हुने अनुमान गरेको छ । बगैचा सुधार कार्यक्रमले कुनै कुनै किसानको उत्पादन नै दोब्बर भएको कार्यालयको दावी छ । 
सुन्तलाकै लागि कहलिएको मनकामना क्षेत्रको सुन्तला फागुन अन्तिम साता सम्म पनि बगैचा बाट खुद्रा बिक्री हुने गर्दछ । जिल्लाको सुन्तला बजारमा आए देखी प्रति किलो ८० रुपैयाँमा बिक्री हुदै आएको छ ।
गोरखाबाट २६ करोडको सुन्तला बिक्री
गोरखाबाट २६ करोडको सुन्तला बिक्री
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



