- सुभक महतो/रोजित खड्का-
लाप्राक, गोरखा (फर्केपछि) : भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा गएको शुक्रबार भारी हिमपात हुँदा भूकम्प पीडितको अवस्था निकै कष्टकर भएको छ। त्यही अवस्था बुझ्नका लागि हामी मंगलबार लाप्राकको गुप्सी डाँडा पुगेका थियौं।
रातभरीको हिमपातका कारण जमिनमा कुतै एक मिटरसम्म हिउँ जमेको छ। कतिपय टहराभित्र समेत हिउँ पसेको छ। हिमपातका कारण अत्याधिक चिसो बढेको बेला उनीहरुसँग पर्याप्त न्यानो कपडा समेत छैन। आगो बाल्ने दाउरा समेत हिउँले छोपिएको छ। हिउँ जमेका कारण लाप्राकका धाराहरुमा पानी पनि आउँदैन।
ढुंगामाटोले बनेको र काठले छाएको न्यानो हुने घर भूकम्पले भत्काएको र गाउँमा जमिन चिरिएकाले उनीहरु थातथलो छाडेर गुप्सीडाँडामा आएर बसेका हुन्। हिमपातले चिसो बढेकाले बालबालिका र बुढाबुढी बढी समस्यामा छन्।
कतिपय बालबालिका चिसोका कारण बिरामी पर्न थालेका छन्। दिउँसो एकछिन घाम लागेपनि एकैछिनमा कुहिरो लागिहाल्छ। अहिले हिउँ विस्तारै घट्दैछ र भूकम्प पीडितहरु सरल जीवनयापनको प्रतिक्षामा छन्।
हेर्नुस् फोटोहरु

























भिडियो रिपोर्ट केही समयपछि
pahilopost



