×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुर्ननिर्माण प्राधिकरणको तीन महिने कार्ययोजना पारित

  •  
  • बुधबार, पुष २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    • वैशाख १२ बाट व्यक्तिगत घर निर्माण सुरु हुने
    – कृष्ण आचार्य , काठमाडौं

    गत वैशाख १२ गते भूकम्पले भत्काएको घरसँगै घाइते बालिका ।फाइल तस्बिर

    पुस २९, २०७२- सबै राजनीतिक दल र सरकारका उच्च कार्यालयका अधिकारी सम्मीलित राष्ट्रिय पुर्ननिर्माण परामर्श परिषदको बैठकले तीन महिने कार्ययोजना पास गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन महिनाभित्र ४ चरणका कामहरु पूरा गर्ने गरि कार्ययोजना पास गरेको हो । बैठकमा सहभागीका अनुसार कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण महाअभियान शुरु गरिने छ ।

    पहिलो चरणमै जिल्लामा समन्वय समितिको गठन हुने छ । दोस्रो चरणमा पुर्ननिर्माण कार्यान्वयन अवधारणा सार्वजनिक गरिने छ । यो काम फागुन १२ गतेसम्म गरिसकिने छ । बैशाख १२ गते प्रत्येक जिल्लाको कम्तिमा पाँचवटा गाविस वा नगरपालिकाहरुमा व्यक्तिगत आवास निर्माण कार्य प्रारम्भ गरिने छ । साथै भवन निर्माणका लागि सहयोग पुर्‍याउन एकजना इन्जीनियर, एकजना समाजिक परिचालक र एकजना तालिमप्राप्त निर्माणकर्मीको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ । पञ्चवर्षिय पुननिर्माण कार्ययोजना तयार पारि कार्यान्वयनमा ल्याउने उल्लेख छ ।

    प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, प्रत्येक जिल्लामा पुर्ननिर्माण इकाई, सञ्चार केन्द्रको स्थापना दोस्रो चरणमा हुने छ । तेस्रो चरणमा भने सबै जिल्लाको भवन तथा जनसंख्या सर्वेक्षणको सुरुवात हुने छ । ५ जिल्लामा नमूना आवास भवन निर्माणको सुरुवात गरिने छ । उक्त भवन अनुसार अन्यले घर बनाउनुपर्ने छ । यो काम चैत्र १२ भित्र गरिसकिने छ ।

    त्यस्तै चौथो चरणमा भने भुकम्पले क्षति पुर्‍याएको भवन तथा जनसंख्या सर्वेक्षणको काम सकिने छ । केहिबेर अघि सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री ओलीसहित दका नेता तथा सरकारका उच्च कार्यालयका अधिकारीहरुको सहभागीता थियो । यो समिति ९७ सदस्यीय हो । बैठकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, खिलराज रेग्मीले पुर्ननिर्माण अभियानबारे आफ्नो धारणा राखेका थिए ।

    कांग्रेसबाट बैठकमा महामन्त्री प्रकाशमान सिंह उपस्थीत थिए । उनले भने बोलेनन् । एमाओवादीबाट शीर्ष नेता उपस्थित थिएनन् । भूकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माण गर्ने सम्बन्धमा बनेको वियेधकले तीनवटा समितिको व्यवस्था गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय पुर्ननिर्माण परामर्श परिषद्, प्रधानमन्त्रीकै अध्यक्षतामा निर्देशक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ)को अध्यक्षतामा कार्यकारी समितिको व्यवस्था गरेको छ । यसमध्ये परामर्श परिषद्को पहिलो बैठक बालुवाटरमा भएको हो ।

    प्रधानमन्त्रीकै अध्यक्षताको निर्देशक समितिको बैठक दुई दिन अघि बसिसकेको छ । उक्त बैठकले पारित गरेका नीतिगत निर्णयहरु पनि परामर्श परिषद्ले पास गरेको प्राधिकरणले जनाएको छ ।

    ………………………….

    सबै राजनीतिक दल र सरकारका कार्यालयका उच्च अधिकारी सम्मिलित राष्ट्रिय पुनर्निर्माण परामर्श परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    पुनर्निर्माण प्राधिकरणले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित दका नेता तथा सरकारका उच्च कार्यालयका अधिकारीहरुको सहभागिता छ । यो समिति ९७ सदस्यीय हो ।

    बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार बिष्णु रिमालका अनुसार केहिबेर अघि बैठक सुरु भएको हो । बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, खिलराज रेग्मी उपस्थित छन् । एमाओवादी तर्फबाट शीर्ष नेतृत्व उपस्थित भएका छैनन् । कांग्रेसका तर्फबाट महामन्त्री प्रकाशमानसिंह उपस्थित छन् ।

    सरकारका मन्त्री तथा अन्य निकायका प्रतिनिधिहरु भने उपस्थित छन् । ‘सहभागीहरु आउनेक्रम जारी छ,’ रिमालले भने । मधेसी दलका तर्फबाट हालसम्म तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुर उपस्थित छन् ।

    ‘एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल उपस्थीत हुन नसक्ने खबर आएको छ,’ रिमालले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेता शुशिल कोइराला पनि हालसम्म सहभागी हुनुभएको छैन।’

    भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्बन्धमा बनेको वियेधकले तीनवटा समितिको व्यवस्था गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद, प्रधानमन्त्रीकै अध्यक्षतामा निर्देशक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ)को अध्यक्षतामा कार्यकारी समितिको व्यवस्था गरेको छ । यसमध्ये परामर्श परिषदको पहिलो बैठक बालुवाटरमा सुरु भएको हो ।

    ‘बैठक दुई घण्टा भन्दा बढी चल्ने छ,’ रिमालले भने । प्रधानमन्त्रीकै अध्यक्षताको निर्देशक समितिको बैठक दुई दिन अघि बरिसकेको छ । परिषद समितिमा व्यवस्थापिका संसदको प्रमुख विपक्षी दलको नेता उपाध्यक्ष रहने व्यवस्था छ ।

    सदस्यहरुमा सरकारका मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख, भूकम्पबाट प्रभावित जिल्लाका सांसद, योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, सरकारका सचिव, प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, पाँच विज्ञ, सिइओ र प्राधिकरणका सचिव रहने व्यवस्था विधेयकले गरेको छ ।

    ‘यी सबै पद गरेर ९७ जनाको समिति हो । सबैलाई पत्राचार गरि बैठकमा बोलाइएको छ,’ प्राधिकरणका कामु सचिब मधुसुदन अधिकारीले भने, ‘बैठकले पुनर्निर्माण अभियानबारे बृहत छलफल गर्ने छ ।’ प्राधिकरणले माघ २ देखि पुनर्निर्माण अभियान सुरु गर्दै छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.