×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कडा रूपमा देखिँदैछ सामान्य रुघाखोकी

  •  
  • बुधबार, पुष २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २९, २०७२- बिरामीहरूमा मौसमी रुघाखोकी (सिजनल फ्लु) को संक्रमण कडा रूपमा देखिएको छ । सामान्यत: मुलुकमा जाडो बितेर गर्मी लाग्न लाग्दा र वर्षायाम गरी दुई पटक मौसमी रुघाखोकी बढी देखिने गर्छ ।

    सरुवा रोग तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार अधिकतम तापक्रम २५/२६ डिग्री र न्यूनतम ७/८ डिग्री पुग्दा मौसमी रुघाखोकी अझ बढी देखिने गर्छ ।

    टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा निरन्तर जारी रहने खोकी, जिउँ दुख्ने, खोक्दा छाती दुख्ने, कहिलेकाहीं सास फेर्नसमेत असजिलो हुने जस्ता समस्या लिएर आउने बिरामीको संख्या बढदो छ ।

    योसँगै अस्पतालमा स्वाइन फ्लुका बिरामीसमेत आइरहेका छन् । अस्पतालका डा. शेरबहादुर पुनले यस्तो लक्षण एक सातादेखि १० दिनसम्म देखिने गरेको बताए ।

    छाती रोग विशेषज्ञ डा.रामनारायण साहले सामान्य रुघाखोकीका केही बिरामी धेरै नै गम्भीर भएर आउने गरेको बताए । डा.साहका अनुसार सामान्य रुघाखोकीका बिरामीमा कफ, ज्वरो, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आवाज परिवर्तन हुनेजस्ता समस्या देखिने गरेको छ । तर, छातीमा कुनै समस्या भने देखिने गरेको छैन ।

    चिकित्सकहरूले यसलाई माथिल्लो श्वास नलीको संक्रमण ठानेर उपचार गरिरहेको औंल्याउँदै डा. साह भन्छन्, ‘तर योचाहिँ फ्लु (रुघाखोकी) नै हो, छाती र घाँटीमा धेरै संक्रमण नदेखिने प्रकारको धेरै कडा रूपको सामान्य रुघाखोकी हो ।’

    यस्ता केही बिरामीको रगत परीक्षणमा ‘टोटल काउन्ट’ र ‘प्लेटेलेट्स’ एकदम कम देखिने गरिएको साहले बताए । ‘यस्ता बिरामीलाई टाइफाइड भएको ठानेर पनि उपचार हुने गरेको छ, तर यो भाइरल संक्रमणअन्तर्गतको सामान्य रुघाखोकी हो, यसले विकराल रूप पनि लिन सक्छ ।’

    टेकु अस्पतालका डा. पुनले स्वस्थ तथा कुनै रोग नभएकाहरूमा पनि सामान्य रुघाखोकी कडा रूपमा देखिने गरेको बताए । उनी भन्छन्, ‘पहिले स्वाइन फ्लुभन्दा मात्र तर्सिने स्थिति थियो, अहिले मौसमी रुघाखोकीसमेत सामान्य जस्तो छैन ।’

    सामान्य रुघाखोकीको संक्रमणको २–३ दिनपछि लक्षण देखिने र २ दिनदेखि २ सातासम्म रहन सक्ने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को तथ्य पत्रमा उल्लेख छ । अधिकांश व्यक्तिमा ७ देखि १० दिनमा संक्रमण निको हुन्छ ।

    रुघाले बढी सताउने, जोखिम समूहका व्यक्तिले रुघाखोकीको मौसम सुरु हुनुभन्दा अघि इन्फ्लुएन्जा भ्याक्सिनसमेत लिन सक्ने उल्लेख गर्दै डा.पुनले भने, ‘सरकारले फ्लु भ्याक्सिन कार्यक्रमलाई समेत अगाडि बढाउनुपर्छ ।’

    एलर्जी, मधुमेह, छाती, श्वासको समस्या, अंग प्रत्यारोपण लगायतका शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरूले रुघाको मौसममा भ्याक्सिन लगाए केही राहत पाउन सकिने डा. मरासिनीले बताए ।

    विज्ञहरूले कडा रूपमा देखिएको रुघाखोकीलाई एलर्जी मात्र सम्झेर नबस्न र विज्ञको सल्लाह लिएर प्रशस्त झोल पदार्थ सेवन गर्ने सुझाव पनि दिएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.