×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘गाडी बोक्ने गोले’ को निधन

  •  
  • मङ्गलबार, पुष २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २८, २०७२- मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्‍याउनेमध्ये एक धनवहादुर गोलेको सोमवार मृत्यु भएको  छ । उनको उपचारको क्रममा सोमबार काठमाडौंमा मृत्यु भएको हो । ९२ वर्षीय गोलेको काठमाडौस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो । बि.स २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंमा बोकेर गाडी भित्र्याउने गरिन्थ्यो ।

    दमका रोगी गोलेको उपचारका निम्ति अस्पतालमा चार दिनदेखि राखिएको थियो । उनको मंगलबार बिहान मकवानपुरको चित्लाङमा दाहसंस्कार गरिएको छ । राणा कालमा नेपालमा बोकेर गाडी भित्र्याउने भरियामध्येका उनी एक थिए ।

    ‘गाडी बोक्नेहरुमध्ये उनीमात्र जीवित थिएँ, अब उनी पनि रहेनन्’, चित्लाङका ८६ वर्षीय बावुकाजी मानन्धरले भने । गोलेका २ छोरा र एक छोरी छन् । ‘इतिहासका जिवित साक्षी अब हामीमाझ रहेनन्’, स्थानीय राजेन्द्र बस्नेतले भने ।

    गाडी बोक्ने बुढाको नामवाट परिचित गोले केही महिना अघिसम्म पनि छिमेकीहरुको भारी बोक्ने र बाँसको डोको, नाङ्लो, घुम बनाउने गर्थे । राणाकालमा गोलेले भरियाको रुपमा झण्डै ३० वटा साना गाडी बोकेका थिए ।
    ‘भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोकेर पुर्‍याउँदा सबै भरियाको दुई जोर चप्पल फाट्थ्यो’, केही अघि कान्तिपुरसँगको कुराकानीमा उनले भनेका थिए, ‘‘सात दिनमै गाडी बोकेर काठमाडांै पुर्‍याएबापत हाम्रो टिमलाई नाइकेमार्फत एक जना राणाले ६० आना बक्सिस दिएका थिए ।’

    गोले चन्द्रागिरीको काखमा रहेको  चित्लाङ गाविस–१ भण्डारखर्कस्थित नातिनीको घरमा बस्दै आएका थिए । उनको बलियो शरीरका कारण त्यो बेला चित्लाङवाट गाडी बोक्न नाइकेले उनलाई रोजेर लगेका थिए । करिब पौने ६ फिट उचाई रहेका गोलेले २०/२१ वर्षको उमेरदेखि गाडी वोक्न थालेका थिए । पहिलो पटक उनले ६४ जनाको टिममा साना गाडी बोकेका थिए ।

    त्यो बेला भरिया र नाइकेहरुले  ८–८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६–१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४–२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे ।

    भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्दागिरी हुदै काठमाडौं गाडी बोकेर पुर्‍याउँदा ७ दिनदेखि १२ दिनसम्म लाग्ने गथ्र्यो। गाडी बोकेवापत प्रतिव्यक्तिले बढीमा ५ आना पाउँथे ।

    बि.स.२०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि गाडी बोकेर राजधानी छिराउने परम्परा छुट्यो । विगतमा गाडी बोकेर राजधानी प्रवेश गराउने भरियाहरुको थातथलो मार्खु, कुलेखानी र  चित्लाङ भएपनि गाडी बोक्नेहरुमध्ये अब कोही पनि जीवित छैनन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.