काठमाडौं: हिमपातबाट थप जोखिममा परेका भूकम्पीडितको राहत तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको उच्तस्तरीय आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। सेनाको हेलिकोप्टर आइतबार बिहानदेखि नै परिचालन गर्ने निर्णय बैठकले गरेको छ।
प्रधानमन्त्री कार्यलयमा बसेको बैठकमा प्रधानमन्त्री, गृह तथा सरोकारवाला मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखलगायतका अधिकारीको सहभागिता छ।
भूकम्प पीडितका टहरासमेत पुरिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका हुन्।
बैठकमा हिमपात प्रभावित क्षेत्रका भूकम्प पीडितलाई तत्काल उद्धार तथा राहत कसरी दिन सकिन्छ भन्ने बारेमा छलफल भएको छ।
खासगरी विनाशकारी भूकम्पको केन्द्र बनेको गोर्खाका उच्च हिमाली गाउँहरुमा बासिन्दाको बिचल्ली भएको छ । भूकम्प प्रभावितका टहरासमेत भूकम्पले पुरिने खतरा बढेको छ।
annapurnapost




















