हिमपात भएको क्षेत्रमा सरकारी टाेली खटाइने
पुस २६, २०७२- गोरखाको बारपाक, लाप्राक तथा अन्य भूकम्प प्रभावित हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित उद्दार तथा स्थानान्तरण गर्नका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेकाे थियाे । उक्त बैठकले हिमपात भएका क्षेत्रमा अाजै सरकारी टोली परिचालन गरिने भएकाे छ । सरकारी टाेली उक्त क्षेत्रका बासिन्दालाई न्यानाे लत्ताकपडा तथा खाद्यान्न पुर्याउने छन् र बिरामीकाे उद्दार गरि काठमाडौं ल्याउने छन् ।
बैठकमा प्रधानमन्त्री लगायत रक्षामन्त्री, गृहमन्त्री, मुख्यसचिव तथा सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरू सहभागी रहेका थिए ।
बैठकपछि बोल्दै प्रधानमन्त्री केपी ओलीले आजका सबै संचार माध्यममा छापिएको समाचार पछि आँफू त्यसप्रति गम्भिर रहेको बताए । ‘आजै सुरक्षा निकायसहितको सरकारी टोलीलाई उक्त स्थानहरुमा परिचालन गरिने छ,’ उनले भने, ‘सरकारी टोलीले न्यानो कपडा, कम्बलसहित डाक्टरलाई समेत लिएर जानेछन् र उपचार चाहिनेलाई हेलिकप्टरबाट आजै काठमाडौं ल्याउने छन् ।’
ekantipur





















