×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५६ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हिउँ परेपछि गोरखामा भूकम्पपीडितको बिचल्ली

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

    फोटो :सौजन्य: श्रीबहादुर गुरुङ (शुक्रबार रातभर हिउँ परेपछि पुरिएको लाप्राक गुप्सीपाखाका भूकम्पपीडितका झुपडी)
    गोरखा : भीषण हिमपातका कारण पालमुनि बस्दै आएका लाप्राक गुप्सीपाखाका बासिन्दा बिचल्लीमा परेका छन् ।
    शुक्रबार रातिदेखि हिउँ परेपछि लाप्राकबाट विस्थापित भई गुप्सीपाखामा बस्दै आएका पाँच सय ९५ घरधुरीको बिचल्ली भएको जानकारी स्थानीय मार्सिङ गुरुङले दिए ।
    त्रिपालभित्र हिउँ पसेर बस्नै नसक्ने भएको लाप्राकका धनप्रसाद गुरुङले बताए । उनका अनुसार गुप्सीपाखामा एक फिट हिउँ परेको छ । लाप्राक गाउँमा करिब ६ इन्च हिउँ परेको छ ।
    ‘रातभरि पालभित्र रुवाबासी छ’, उनले भने, ‘रातिदेखि कोही पनि सुतेका छैनन् । उज्यालो भएपछि मान्छेहरू सबै भागेर भत्केको गाउँतिर गएका छन् ।’ हिउँबाट बच्न वैशाख १२ गते भूकम्पले भत्काएको घरमा बस्न बाध्य भएको उनले बताए ।
    हिमपातका कारण आइतबारदेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न समस्या भएको स्थानीय मणिकामदेवी माविका प्रधानाध्यापक भविराज गुरुङको भनाइ उद्धृत गर्दै सुनार गुरुङले बताए । उनका अनुसार भीषण हिमपातका कारण परीक्षाको तयारी गर्न पनि सकिएको छैन ।
    हिउँ परेपछि पालबाट पनि पानी चुहिएको र जमिनको हिउँ पग्लिई टहरोभित्र पसेर समस्या भएको सुनार गुरुङले बताए । ‘भूकम्प गएको पनि आठनौ महिना भइसकेको छ ।
    यतिबेला सानोतिनो भए पनि घर बनाएर बसेको भए अहिले यस्तो बिजोक हुँदैनथ्यो’, उनले भने, ‘यस्तो हुन्छ भनेर गाउँलेले सरकारको ध्यानाकर्षण गराइरहेका थिए । अहिले यहाँका भूकम्पपीडितको रुवाबासी भएको छ । सरकार उदास भएर बस्न मिल्दैन ।’
    हिमपातपछि टेलिफोन विच्छेद
    हिमपात हुन थालेपछि शुक्रबार रातिदेखि नै लाप्राक र त्यसभन्दा माथिका १३ गाविसको टेलिफोन सम्पर्क विच्छेद भएको छ । काशीगाउँको टावर हिउँले पुरिएपछि काशीगाउँ, केरौंजा, लाप्राक, गुम्दालगायत गाविसमा सञ्चार सम्पर्क विच्छेद भएको छ ।
    ‘पालमाथि एक फिट हिउँ परेको छ’, लाप्राक ४ का श्रीबहादुर गुरुङले भने, ‘हिउँ पग्लिएर झरेको पानीले पालभित्रका खानेकुरा र लुगा सबै भिजेर कामै नलाग्ने भएको छ । के खाने ? के लगाउने, के ओढ्ने ? ’ सरकारले लाप्राकबासीको बिचल्ली हेरेको भन्दै उनले दुःख व्यक्त गरे ।
    लाप्राक दुई हजार ७ सय मिटर उचाइमा रहेको गाउँ हो । बारपाक, घ्याच्चोक र त्यसभन्दा माथिका गुम्दा, उहिया, केरौंजा, काशीगाउँ, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाविसमा पनि हिमपात भएको छ ।
    कतै हिउँ परेपछि खुसी
    हिमपात भएपछि घरबाहिर निस्कनै नसकिएको छेकम्पार ६ लारका लोप्साङ लामाले बताए । उनका अनुसार सबै गाउँले आगो तापेर बसेका छन् ।
    लामो समयपछि हिउँ परेकाले किसान खुसी भएको उनको भनाइ छ । ‘भदौ/असोजदेखि नै पानी परेको थिएन । हिउँ पनि परेको थिएन’, उनले भने, ‘अब जौ र गहुँ राम्रो हुने भयो भनेर सबै खुसी भएका छन् ।’
    भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा पनि शुक्रबार रातिदेखि असिनापानीसहित हिमपात भएको स्थानीय जितबहादुर घलेले बताए । ‘गाउँमा अति ठूलो असिनापानी पर्‍यो । त्यसपछि हिउँ परेको छ’, उनले भने, ‘तर दिउँसो घाम लागेकाले केही राहत भएको छ ।’
    बारपाकका विभिन्न टोलका गरी करिब सय घरका बासिन्दा पालभित्रै छन् । वडा नम्बर १ को स्नान गाउँ र २ को मान्द्रे गाउँका बासिन्दाको पालमुनि बिचल्ली भएको घलेले बताए । उनीहरू रातिदेखि नै आगो तापेर बसेको जानकारी उनले दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.