×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतले नाकाबन्दीको क्षतिपूर्ति दिनुपर्छ : मन्त्री ढकाल

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिबप्रसाद उप्रेती

    फोटो :फाइल फोटो
    गोरखा : शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले भारतले नाकाबन्दीबाट सिर्जित क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् ।
    आइतबार गृहजिल्ला गोरखा पुगेका मन्त्री ढकालले पत्रकारहरुसँगको भेटमा भूकम्पबाट भन्दा पनि नाकाबन्दीबाट बढी क्षति भएको भन्दै यसको क्षतिपूर्ति भारतले तिर्नुपर्ने दाबी गरे ।
    ‘तीन महिना भयो, आपूर्ति ठप्प भएको । यसले भुकम्पबाट भन्दा पनि धेरै क्षति भएको छ’ उनले भने, ‘यसको क्षतिपूर्ति भारतले तिर्नुपर्छ । भूकम्पबाट करिब सात खर्ब क्षति भएको थियो । नाकाबन्दीबाट त्यो भन्दा बढि क्षति नेपालीले बेहोर्नु परेको छ । यो हामीले सहने कुरै हुँदैन ।’
    आपूर्ति व्यबस्थाको नाममा यो सरकार भारतसँग नझुक्ने उनले जिकिर गरे । ‘तराई–मधेसको मामिला भनेको बिल्कुलै नेपालको आन्तरिक मामिला हो’, उनले भने ‘यसको कारण भारतले लगाएको नाकाबन्दीले नेपाल सरकारलाई झुकाउने छैन । आपूर्तिको नाममा हामी भारतसँग झुक्दैनौं ।’
    मुलुक सानो छ भन्दैमा, जनसंख्या थोरै छ भन्दैमा नेपालले झुक्नु नपर्ने उनको धारणा छ । ‘एक्काइसौं सताब्दीको लडाइँ बन्दूकको होइन । सत्यताको लडाइँ हो । मूल्यको लडाइँ हो’ उनले भने ‘जनसंख्या थोरै छ भन्दैमा, मुलुक सानो छ भन्दैमा उसको सार्बभौमिकता सानो हुदैन । भारत त बरु ब्रिटिशसामु झुकेको थियो । हामी झुकेका थिएनौं । अहिले हामी कोहीसँग झुक्नु पर्ने आबश्यकता छैन ।’
    उनले रक्सौल बाहेक अन्य नाकाबाट आयात सहज हुँदै गएको बताउँदै एक साताभित्र सबै नाका खुल्ने दाबी गरे । सरकार शान्ति र संबादबाटै समस्याको समाधान चाहन्छ भन्दै ढकालले बल प्रयोग गरेर नाकामा बसेका आन्दोलनकारी बल प्रयोग गरेरै हटाइने चेतावनी दिएका छन् ।
    फरक प्रसंगमा बोल्दै मन्त्री ढकालले गोरखा फूजेलका नन्दप्रसाद अधिकारीका परिवारले न्याय पाउने बिश्वास ब्यक्त गरे ।
    देश शान्ति प्रक्रिया स्थापित गर्ने चरणमै रहेकाले द्वन्द्वका बेला उत्पन्न समस्याको समाधान खोजिने उनको भनाइ छ । मन्त्री ढकाल जनताको संबिधान जनताको माझमा कार्यक्रममा  गोरखा आएका हुन् ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.