×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

२३ लाख खर्च गरी २५ दिनमा अमेरिका !

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – चन्द्रशेखर अधिकारी, काठमाडौं

    पुस १७, २०७२- गोरखा स्थायी घर बताउने शिला लामिछाने (नाम परिवर्तन) दलालको भनाइ मान्दै हवाई, जल र स्थल मार्ग भएर मेक्सिकोबाट अमेरिका पुगिन् । अहिले त्यो यात्रा सम्झिँदा उनी मुर्छा पर्छिन् ।

    उनी काठमाडौंबाट थाइल्यान्ड हुँदै अफ्रिका, त्यसपछि जल र स्थल मार्ग हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगिन् । त्यहाँबाट रेल र लरी चढेर अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परिन् । स्वदेश फर्कने सर्तमा ३७ दिनमा छुटिन् । फेरि अर्को प्रयासमा अमेरिका पुगिन् । जेलमा बिताएको समयसहित काठमाडौंबाट हिँडेको पाँच महिना २५ दिन लाग्यो । त्यसबीचमा आफ्नो अस्मितासहित ठूलो धनराशि सकिन् । उनको २३ लाख रुपैयाँ खर्च भयो । युवतीलाई २३ लाख लाग्दा युवालाई भने त्यसको दोब्बर लाग्नेसमेत थाहा पाइन् ।

    अमेरिकास्थित नेपाली दूतावासमा केही वर्षयता महिनामा ४/५ जना पीडित आउने गरेका छन् । दूतावास अधिकारीका अनुसार दलालले बाटोमा यौनशोषण गर्छन् । जोखिमपूर्ण यात्राका कारण उनीहरूमा जीवनप्रति नै निरासा पैदा हुन्छ । स्नातक र स्नातकोत्तर गरिसकेका धेरै नेपाली अमेरिका जान चोरबाटो प्रयोग गरिरहेका छन् । ‘यो पीडा सुन्न नसकेर म दिल्लीस्थित दक्षिण अमेरिकी मुलुकका दूतावास पुगेर समस्याको निराकरणमा पहल गरिरहेको छु,’ नेपाली राजदूत अर्जुनकुमार कार्कीले भने ।

    यसरी नेपालीलाई स्थल वा अन्य कुनै मार्ग प्रयोग गरेर अमेरिकालगायत विकसित मुलुक लैजाने ठूलो गिरोह छ । त्यसमा देखिने गरी कोही नभए पनि नेपालमा साना कन्सल्टेन्सी, गैरसरकारी संस्था, म्यानपावर केन्द्रहरू रहेको बुझाइ सरकारको छ । उनीहरूसँगको सम्पर्कमा भने डरलाग्दो समूह रहेको हुन सक्ने राजदूत कार्कीको शंका छ । दक्षिण अमेरिकी मुलुकका जेलमा ४ सयभन्दा बढी नेपाली छन् ।

    उनीहरू कोस्टारिका, ग्वाटेमाला, भेनेजुयला, मेक्सिको, ब्राजिल, अर्जेन्टिनालगायत देश हुँदै अमेरिका जाने प्रयासमा थिए । त्यहाँको कानुनअनुसार धेरै नेपाली बढीमा डेढ महिना जेल परेर छुट्ने गरेका छन् । परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले भने, ‘यति धेरै नेपालीले अवसरका लागि जोखिम मोलेको देख्दा छक्क लाग्छ ।’ पक्राउ पर्नेहरूसँग कुनै कागजात नहुने भएकाले भाषा र गाउँको अवस्था सोधेर नेपाली भन्ने पत्ता लगाउनुपर्ने अवस्था रहेको अमेरिकास्थित नेपाली दूतावासले परराष्ट्रलाई लेखेको पत्रमा उल्लेख छ । यस्तो धन्दामा केही पूर्व र वर्तमान कूटनीतिज्ञ वा साना कर्मचारी लागेको आशंकामा अनुसन्धान थालिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.