तिलक पाैडेल
एकासी साल्, पुस् एक्काइस् रविबार; तीर्थयात्रा, थालियो दुइजोड् चार ।
पशुपति, सुनिता र; दुर्गा, टीका मिली,
हाम्रो जोडी दिल्लीतिर; गुडियो फिलिलि ।
बिहानको सातबजे; यात्रा सुरु भयो,
बिच्मा चिया सुन्तलाले; रामनगर् पुगियो ।
क्वैको व्रत, क्वै ओम् शान्ति; खाना दुईले मात्रै,
खायौँ अनि बढ्यो अघि; फेरि हाम्रो यात्रै ।
साढेपाँच्मा पुगे’नि सुनौली; बोर्डर पास, सात हो नि भुलौली ।
खड्काभाइले भारत्को सीम्; हात पारिदिए,
धन्यवाद भन्देऊ भनी; व्यो’रा स्वीकार्दिएँ ।
भारत् प्रवेश गरेपछि; सबै झिटी गुन्टा,
निकालेर एक्स्रे गर्यौँ; दुर भयो टण्टा ।
अध्यागमन् जाँच गरी; शौच् सूचना पैले
पे एण्ड युज अनुसारै; गरियो सबैले ।
अब यात्रा भारती भूमिमा; तीर्थयात्रा, पैलो यो जुनीमा ।
मनभित्र तीन् हप्तासँ; के के कसो होला ?
बोक्नु परे कति गारो; होला हाम्लाई झोला ।
दिल्ली पुगी रेल्को यात्रा; नयाँ क्वैक्वैईलाई,
पशुपति निर्देश गर्थे; कुरा मिलाई-मिलाई ।
साढेग्यार बज्दाखेरी; अयोध्यामा पुग्यौँ,
जसोतसो हात्मुख् जोरी; पुन: अघि बढ्यौँ ।
सोचे जस्तो रहिन्छ बस त; क्वै यात्रुलाई, भा’थियो सकस ।
घूँडा मेरो दुखेपनि; संयोग डस्टबीनले,
तेर्सो राख्दा राहत अलि; त्यैकार्ण्ले मिले ।
घरिघरि निदाउँदै; घरी मन्मा कुरा,
खेलाउँदै बारम्पाकी;सम्म यात्रा पूरा ।
भयो चालक बदलिने; त्यै स्टेशन र’च,
काठ-दिल्ली दुरी झण्डै; बराबरी भ’छ ।
एकघण्टा रोकियौँ त्यै ठाउ्ँमा; बढ्यौ अघि, भगुवान्को नाउ्ँमा ।
बिहानको पौने आठ; हुस्सु बाक्लो थियो,
पछाडिको बाहिरी टायर्; त्यैबेला पड्कियो ।
राजमार्गको दुवैतिर; तार्जालीको बार,
खुला शौच गर्न बाध्य; ट्वाइलेट नपा’र ।
एक घण्टामा मर्मत् गरी; यात्रा अघि बढाई्,
मथुराको वाइपासमा पुग्यौँ; र खाना खाई ।
साढ़े बार दिल्लीमा उत्रियो; टेम्पो समाई्, स्टेशन पुगियो ।
सामानहरू एकैठाउँ; जम्मा गरीवरि,
आलोपालो घुमघाम; गर्यौँ वरिपरि ।
सीम्कार्डलाई एक्टिभ् अनि; रिचार्ज पनि गरी,
प्रतिक्षामा बस्दै बीच्बीच्; चिया नास्ता गरी ।
निर्मलाको औषधिचाईँ; छुटेछ बसैमा,
झर्दाखेरि केइ् छुट्यो कि; भएनौँ होसैमा ।
गुगल सर्च, सोधनी पश्पति; गर्दै ल्यायौँ, सट्टाको ओखति ।
क्वै निदाउनी कोई परेदार्; आलेपालो गरी,
बस्नुपरे पनि आखिर; जसोतसो गरी ।
बिहानको पाँच्तीसमा; झोलाझोली बोकी,
रेले स्टेशन गयौँ सबै; केई छुट्ने पो हो कि ?
रुजुगरी चिन्ता दुर; भयो चिया पियौँ,
पाँच्पचासमा छजानैले; आफ्नो सीट लियौँ ।
थ्री टायर रेलको व्यवस्था; सुतौँ जस्तै, सबैको अवस्था ।
साढे आठ्मा बिहानीको; नास्ता सुरु भयो,
बारा, ब्रेड, फ्रुटि, चिया; पेटैभरि थियो ।
नास्ता गरी सुताइको; वास्ता गर्न थाल्यौँ,
तीनतलामा छजनाले; निद्रा सबै फाल्यौँ ।
साढेबार बजे शाका;हारी लञ्च गर्यौँ,
रोटी, भात, दाल्, तर्कारी; अचार्ले पेट् भर्यौँ ।
सोन् पापडी आँपको अचार; चिया चिनी, दुध् राख्यौँ बँचा’र ।
चार्तीसतिर फेरि दिन्को; सुरु भयो नास्ता,
रूघा लागेपनि खाइ्यो; नगरेर वास्ता ।
बेलुकाको आठबजे; सायम्कालीन् भोजन्,
सप्लाई एकै प्रकृतिको; छुट् थिएन रोजन् ।
डेजर्ट्को रूप् लियाथियो; त्यहाँ आइसक्रीमले,
मीठैसँग खाइवरि; सुतियो पिरिम्ले ।
टिटिबाबु जाँचन टिकट; आउ्ँदा दीपक्, भा’का’थे निकट ।
गुजरात्का दीपक् आफू; गोवा जाँदै र’छन्,
वार्षिकोत्सव उतैतिर; मनाउने भ’छन् ।
टिटिसँग केही राय; उनले पनि गरे,
छुट्टै नाम्मा यात्रा गर्ने; कार्बाई्मा पर्छ रे !
दुर्गा भाउजूको केश् पनि; त्यस्तै थियो हाम्रो,
जसोतसो समाधान; गर्यौँ भयो राम्रो ।
अन्त यस्तो नभैदियोस् भन्दै; सुत्यौँ तीर्थ,यात्राका दिन् गन्दै ।
दोस्रो दिन्मा पनि पैलै; दिन्को रुटिन् जस्तो,
ब्यान-दिउ्ँसो नास्ता खाना; भयो हाम्लाई सस्तो ।
‘इज्जत’को कथा पनि; गुरु पीताम्बर्लाई,
श्रद्धा प्रकट् गर्दै मैले; सुनाएँ सबैलाई ।
मङ्लुरुमा तस्विर खिच्यौँ; केही छिन बिसाई,
अघि बढ्यौँ केई् व्यहोरा; टिटिका’नि मिसाई ।
साढे छमा त्रिसुर पुगियो; ठाम् फरक् छन्, रेल् यात्रा उही हो ।
साढेग्यार बजे हामी; तिरुवन्थपुरम्,
पुगेपछि झोला लिई; सबैजना झरेम् ।
गाडी खोजी बास् बसियो, मन्सा टुरिष्ट होम्मा,
तीनदिन् हाम्ले बिताउ्नु छ; यो ठाउँमा जम्मा ।
भोलिपल्ट फ्रेस भई; मन्दिर पद्मनाभ्को,
चक्कर् काट्यौँ रातो केरा; खाने मन् भो सब्को ।
धोती किनी फल्फुल लिएर; कोठे नास्ता, गरियो मिलेर ।
साइट् सिइङ गर्ने सुर्ले; निस्क्यौँ सबै जना,
अत्तुकल भग्वतीको; दर्शन् गर्ने पना ।
टीका खाँटी बेसारको; दियो कागतिको,
बोक्रामा पो बाल्ने र’च; चलन् त्यो मन्दिर्को ।
बीच्बाटोमा फल्फूल किनी; बोटिङस्थल जाँदा,
तस्विर खिची नरिवल् पानी; खाइ्यो’नि फर्कँदा ।
पुस् मैनाको चर्कँदो धूपमा; भन्दा शर्म, लाग्छ यो रूपमा ।
गर्मी पनि थोरै हो र; पैतालाको छाला,
डढेजस्तै हुँदा त्याँ’का; मान्छे पनि काला ।
भा’का हुन् कि जस्तो मान्दै; शिव आजिमाला,
मूर्ति मन्दिर् दर्शन् गर्यौँ; राता पार्दै गाला ।
सागर् बीच्मा ओर्ली तल; बालुवामा छाल्को,
पानीबाट सितलियौँ; खबर् यै छ हाल्को ।
नपत्याइँदो गर्मीले सतायो; साँच्चै ठण्डी, हुनी ठाम्कता हो ?
सोच्दै फर्क्यौँ खाना खायौँ; मार्वाडी ढावामा,
सारै भीड हुने होटेल्; रै’छ त्यो ठाममा ।
ह्याण्डलुमका उत्पादन; हेर्दै खरिद गर्दै,
ठण्डीका कपडाहर्ले; सबै झोला भर्दै ।
कार्ड स्वाइप्को सफल् प्रयोग्, भयो त्यै ठाउँमा,
प्हेँलो, रातो कप्डा, तेल; भगवान्को नाउँमा ।
किन्यौँ चार् सेट् चार्जना मैलालाई; भोलिपल्ट, मन्दिर् लैजानलाई ।
साढे छमा तयार् हुने; राय सल्ला गरी,
बिहान् बित्ला पद्मनाभ्को; मन्दिर् वरिपरि ।
सोची सुत्यौँ ठीक्क उठ्यौँ; स्नानादि गरी,
चप्पल पनि नलगाई; धोती गम्छा पैरी ।
टेम्पोबाट मन्दिरको; हुँदै पूर्वी गेट,
कोलक्रुम्मा सामान राखी; गयौँ पश्चिम गेट ।
सुरक्षा जाच् लेखेझैँ अइन्मा; बालुवामा, बसेथ्यौँ लाइन्मा ।
कोलक्रुम्को रसिद् कतै; मिस्प्लेस हुँदा,
उत्तर्गेट्ट दुईभाइ; निस्की रुम्मा पुँदा ।
सामान् रोकी फेरि पश्चिम्; गेट्को लाइनमा,
बस्दा लामो, उकुस्मुकुस्; धक्का पाइनमा ।
लागेपछि निस्के पनि; पुन: लाइन् बसी,
जसोतसो ग्यारबजे मन्दिरभित्र पसी ।
दर्शन गर्यौँ पद्मनाभ् विष्णुको; कल्याण हवोस्, समस्त विश्वको ।
२०८१ माघ १
कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।



